रौतहटको वृन्दावन नगरपालिकामा नयाँ हाकिमको रुपमा उपसचिव ओमप्रकाश पाण्डेको आगमन

पछिल्लाे समाचार


रौतहट २०८०,वैशाख ०७ गते

रौतहटको वृन्दावन नगरपालिकामा कार्यालय प्रमुख परिवर्तन भएको छ । जिल्लाको पुर्वी उतरी भेगमा रहेको बृन्दावन नगरपालिकामा नयाँ हाकिमको आगमन भएको हो ।

सो नगरपालिकाको नयाँ कार्यालय प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव ओम प्रकाश पाण्डे बिहीबार हाजिर भए भएपश्चात हाकिम पाण्डेलाई नगर प्रमुख बिनोद प्रसाद कुर्मीले फुलमाला तथा अबिरको टिका लगाई र दोसल्ला ओढाई भव्य स्वागत गरेर कार्यालयमा हाजिर गराएका हुन् ।

बृन्दावन नगरपालिकाको कार्यालय विश्रामपुरमा पुगेका हाकिम पाण्डेलाई नगर प्रमुख कुर्मी सहित त्यहाँ निर्वाचित जनप्रतिनिधि हरुले तथा अन्य व्यतीहरुले पनि भव्य स्वागत गरेका छन् । बृन्दावन नगरपालिकाको यस भन्दा अघिको प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलको सरुवा भएको करिब दुई हप्ता पछि आज नयाँ हाकिमको रुपमा पहिलो पटक उपसचिव ओम प्रकाश पाण्डेको आगमन भएको छ।

यस भन्दा अघिका कार्यालय प्रमुख भुजेलको ठाउँमा पाण्डे आएपछि स्थानिय जनतामा कौतुहलता रहे पनि जनताको सेवामा कुनै कमिकमजोरी नहोस भनि नगरवासीले अपेक्षा राखेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!