रौतहटको कटहरियामा सर्पदंश उपचार केन्द्र स्थापना

पछिल्लाे समाचार


बैशाख २५ गते ।

रौतहटको कटहरिया नगरपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।कटहरिया नगरपालिका -५स्वास्थ केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको उद्घाटन सोमबार एक कार्यक्रमको बीच गरिएको छ ।

कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश र नगर उप प्रमुख रिता देवि यादवले संयुक्त रुपमा सर्पदंश उपचार केन्द्रको उद्घाटन गरेको कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहले जानकारी दिनु भयो।नगरपालिकाको व्यवस्थापनमा उक्त सर्प दंश केन्द्र सञ्चालन हुने वहाँले बताउनु भयो ।

समयमा नै उपचार नपाउँदा सर्पको डसाइबाट वर्षेनी यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउँदै आउनु परेको थियो ।सर्प दंश उपचार केन्द्र स्थापना भएसँगै सर्पले डसेका बिरामीलाई उपचारका लागि वीरगञ्ज , गौर,वा चितवन को भरतपुर लैजानु पर्ने अवस्थाको अन्त्य हुने नगर प्रमुख अजय प्रकाशले बताउनुभयो ।उद्घाटन कार्यक्रममा कटहरिया नगरपालिका -५ का वडा अध्यक्ष सर्फलाल गुप्ता ,स्वास्थ्य संयोजक,कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!