राष्ट्रिय तत्मा समाज नेपाल बाराको प्रथम जिल्ला अधिवेशन सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

बैशाख ३० गते,शनिबार

राष्ट्रिय तत्मा समाज नेपालको प्रथम जिल्ला अधिवेशन बाराको खुल्ला सत्र भव्यताका साथ समापन भई बन्द सत्र सुरु भएको छ । कार्यक्रम बारा जिल्लाको फेटा गाउँपालिका वडा नं – १ भलुहि भल्वरिया स्थित खैरा माई मन्दिर परिसरको प्रांगणमा भव्यताका साथ खुल्ला सत्र सम्पन्न भई बन्द सत्र सुरु भएको हो । कार्यक्रममा नेकपा (एमाले) मधेश प्रदेश सचेतक मा. लखन दास तत्मा को प्रमुख आतिथ्यता तथा फेटा गाउँपालिका वडा नं- १ को वडाध्यक्ष बिगन दास तत्मा को सभाध्यक्षतामा भव्य रूपमा सभाको समापन गरिएको हो ।

उक्त जिल्ला अधिवेशन कार्यक्रममा विशिष्ठ अतिथि राष्ट्रिय तत्मा समाज नेपालको पूर्व अध्यक्ष राज कुमार दास तत्मा ,रौतहट जिल्ला अध्यक्ष रामबाबु दास, बरिष्ठ उपाध्यक्ष झगरु दास तत्मा,महासचिव शंकर दास तत्मा, उपाध्यक्ष सिकेन्द्र दास तत्मा,राम ईश्वर दास,केन्द्रीय सदस्य राम बिनोद दास,पूर्व केन्द्रीय सदस्य रामदरेश दास तत्मा लगायत विभिन्न पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
मधेस प्रदेशमा पिछडिएको समुदायमा रहेको तत्मा जाति पछिल्लो समय आफ्नो माग सम्बोधन र राज्यबाट पाउनु पर्ने अधिकारको लागि संगठित हुन थालेका छन् । पहिचान र राज्यको मुलधारमा प्रतिनिधित्व गराउने लगायत छुवाछुत, गरिबी, दाइजो, विपन्नता जस्ता कुरितिलाई निर्मुल पार्न सवलीकरण र सशक्तीकरण सहित शिक्षा, स्वास्थ्य र रोजगारीको लागि सरकार समक्ष आफ्ना मुद्दा उठाउन र पूरा गराउन भुमिका खेल्ने पु्र्वअध्यक्ष एवम् मधेश प्रदेश दलित आयोग समितिका सदस्य राजकुमार दासले बताउँनु भयो ।
उक्त अधिवेशनबाट चयन हुने पदधिकारीहरुको नाम बन्दसत्र पछि सर्वजनिक गर्ने पु्र्वअध्यक्ष एवम् मधेश प्रदेश दलित आयोग समितिका सदस्य दासले बताए ।

त्यस्तै , कार्यक्रममा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारी,राजनीतिक समिति जसपाका सदस्य रामकिशोर यादव ,प्रसौनी गाउँपालिका अध्यक्ष विनोद पटेल ,स्थानीय मदन साह लगायत भरभलादमीहरुले पनि आ – आफ्नो शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनमा बारा जिल्ला भरिका तत्मा स्वजातिय बन्धुहरुको भव्य उपस्थितिमा खुल्ला सत्र सम्पन्न भएको हो र बन्द सत्र सुरु भएको राष्ट्रिय तत्मा समाज नेपालको केन्द्रीय उपाध्यक्ष सीकेन्द्र दास तत्माले बताएका हुन् ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!