रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

रौतहट, जेठ२२ गते

कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

दिगो समाधान चरन तीन कार्यक्रमको अन्तरगत सामुदायीक आत्म निरभर सेवा केन्द्र काठमाण्डौँ र पिपुल इन लिडको सहजिकरणमा संचालित कार्यक्रमद्धारा आज शुक्रबार रौतहटको कटहरिया नगरपालिकाको भूमिहीन सुकुम्बासीहरुलाई निस्सा प्रदान गरिएको हो ।

कटहरिया नगरपालिकाका नगर प्रमुख अजयप्रकास जयसवालले आज आफ्नो चुनाबी प्रतिवद्धतालाई पुरा गर्दै वडा नम्बर ५ का भूमिहीन र सुकुम्बासीहरुलाई निस्सा बितरण गरिएको हो । कटहरिया नगरपालिकाका मेयर जयसवालका अनुसार पालिकाका सबै वडामा रहेका भूमिहीन तथा सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नका लागि आज वडा नम्बर ५ बाट सुरु गरिएको तथा आइतबारदेखि वडा नम्बर १ देखि ९ सम्म निस्सा वितरण गरिने बताएका छन् ।

आज मात्र ५१ जना भूमिहीन सुकुम्बासी ५१ जनालाई निस्सा कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकास जयसवाल र सोही पालिकाका उप प्रमुख रिता देबि यादवको संयुक्तामा निस्सा सुकुम्बासिहरुलाई वितरण गरिएको हो । हालसम्म पालिकाका सबै वडाहरुमा ४ सय २६ जना भूमिहीन दलित र ३ सय ३ जना भूमिहीन सुकुम्बासीहरु रहेका छन् ।

सबै जनाले छिटै निस्सा पाउँने भएका छन् । यस्तै कटहरिया नगरपालिकाका उप प्रमुख रिता देवी यादवले कार्यक्रमलाइ सम्बोधन गर्दै उनले दलित तथा सुकुम्बासीहरुको लालपूर्जा वितरणको काम पनि चाँडो हुने बताएकी छिन् । ‘यो जग्गा प्राप्ती होइन । जग्गा नाप्ने समयमा यही निस्सा देखाउनुपर्छ ।’ निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो ।

अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढिने छ ।’ विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने उनको भनाइ छ। निस्सा पाएका लाभग्राहीहरुको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँपजाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपूर्जा वितरण हुने उप प्रमुख यादवले बताए ।

निस्सा प्राप्त गर्दै गरेका वडा नम्बर ५ का सुकुम्बासी ८० वर्षीय शेख ठागा भन्छन् ‘हामी धेरै वर्षदेखि अव्यवस्थित बसोबास गर्दै आएका थियौँ, अब हामी चाँडै लालपुर्जा पाउँने आशामा बसेका छौँ । हामी लामो समयदेखि नेताहरुको भासनमा लाज पुर्जा पाउँने भाषण मात्रै सुन्दै आएका थियौँ,,’ तर अब हाम्रो मेयर अजयप्रकास जयसवालको सक्रियतामा हामीहरुले लाल पुर्जा पाउँने आशा पलाएको छ ।

आज हामी धेरै खुःशी छम् । यस्तै सोही वाडका अब साना खातुन भन्छन्, धेरै लामो समयसम्म जग्गा नपाएका हामीहरु आज निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको आश पलाएको छ । अब हाम्रो पनि निश्चित र व्यवस्थित घर हुन्छ । उले कटहरिया नगरपालिकाका प्रमुख तथा उप प्रमुखसहित भूमि आयोगलाइ समेत धन्यावद ज्ञापन गरेकी छिन् ।

सो कार्यक्रममा कटहरिया नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सहिद मिया धोबी, जिल्ला भूमि संस्थाका अनुप माझी, कार्यपालिका सदस्य जामुन ठाकुर, कटहरिया नगरपालिकाका भूमिहीन शखााका प्रमुख अधिकृत ओमप्रकास राम, जनप्रतिनिधि तथा वडा नम्बर ५ का सुकुम्बासीहरु लगायतको सहभागिता रहेको थियो ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!