रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

रौतहट,जेठ १२ गते

रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एकिकृत समाजवादीका शम्भु साह प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

नगर प्रमुख शाहले शुक्रबार प्रगति विवरण सार्वजनिक गर्दै नगरपालिकाबाट सञ्चालित क्षेत्रगत योजनाहरु भौतिक पूर्वाधार तर्फ एक वर्ष देखि अलपत्र रहेके गौर नपा २ अन्तर्गत पर्ने शिवराज मुखियाको घरदेखि शान्ता चलचित्र मन्दिरसम्मको सडक तथा नाला निर्माण गरिएको,कृषि विकास बैंकदेखि शिवालय मन्दिरसम्म सडक तथा नाला निर्माण, गौर न.पा. वडान ४ मा वर्षौंदेखि अतिक्रमण गरी राखेको लाल बकैया नदी टतबन्धको अधिकार क्षेत्रको जग्गा अतिक्रमण मुक्त गराई गौर न. पा. वडान २ को महादेव स्थानदेखि गौर न.पा. बडान ४ को सावणांमाई मन्दिरसम्म वैकल्पिक बाटोको रुपमा निर्माण कार्य गराईएको ,टि.भी. एस.यू. ÷ हेल्भिटासबाट ब्लैक लिस्टेड योजनाको रूपमा रहेको गौर बरहवा खोलामा फेब्रिकेटेड झलुङ्गे पुलको यसै आर्थिक वर्षमा काम सुचारु गर्न लगाई निर्माण सम्पन्न पश्चात उद्घाटन गरी समुदायलाई हस्तान्तरण गरिएकी ६. गौर न. पा. वडान २ वानेश्वरनाथ मन्दिर नजिक लाल बकैया नदीमा रु ४ करोड २९ लाखको लागतमा झुलुड़े पुलको निर्माणको लागि बोलपत्रका माध्यमबाट ठेक्का सम्झौता तथा शिलान्यासको काम सम्पन्न भई निर्माण कार्य सञ्चालन हुन लागेको, गौर न.पा वडान २ मा विवाह मण्डप सहितको सामुदायिक भवन निर्माणको कार्य अगाडि बढाईएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी हिंसा पिडित महिलाहरुको व्यवस्थापनका लागि गौर न.पा. वडानं. १ मा आश्रय स्थल निर्माण कार्य अगाडि बढाईएको,गौर न.पा. वडानं. ८ र ९ जोड्ने तथा कृषी क्षेत्रमा समेत टेवा पुग्ने उदेश्य राखी काली मन्दिरदेखि सेना क्याम्पसम्म सडक ढलानको कार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको,वर्षौदेखि कच्ची सडककै रुपमा रहेको तथा नालाको अभावमा वर्षातमा दुबान जस्तै हुने गौर न.पा. वडानं. ५ को कोईरी टोल अन्तर्गत पर्ने ब्रह्मदेव महतोको घरदेखि सिकिन्द्र कुशवाहाको घर हुँदै शोभाकान्त ठाकुरको घरसम्म रु ४६ लाख ७१ हजारको लागतमा सडक ढलान तथा नाला निर्माण गरिएको ,संघ, प्रदेश तथा स्थानीय सरकारबाट वेवास्ता गरिदै आएको गौर न.पा. वडानं ४ गढवा टोलको चित्रगुप्त नगरदेखि गढ़वा उतरी सीमाना सम्म सडक ढलान र नाला निर्माणको कार्य प्रारम्भ गरी अन्तिम चरणको अवस्थामा रहेको , ऐतिहासिक महत्व बोकेको देशकै पुरानो कलाकुञ्ज पुस्तकालयको अधुरो भवन निर्माणको काम अगाडि बढाईएको । गौर नगरपालिका तथा राजदेवी नगरपालिका जोड्न गौर बरहवा खोलामा पुल कल्भर्ट निर्माणको काम अगाडि बढाईएको उल्लेख छ ।

त्यस्तै आधारभुत विधालय महादेवपट्टीमा विधालय भवनको निर्माण कार्य सम्पन्न गरिएको ,गौर न.पा. वडानं. ९ मा मुस्लीम समुदायको कब्रगाह जाने पक्की बाटो निर्माण गरिएको ,गौर न.पा. वडानं. ३ मा चन्देश्वर राउतको घरदेखि पोखरिया टोला जाने सडकसम्म सडक तथा नाला निर्माणको काम सम्पन्न गराईएको ,गौर र टिकुलिया जोड्ने पुरानो अतिक्रमित बाटोलाई अतिक्रमण मुक्त गराई सडक निर्माणको काम सम्पन्न गरिएको लगायतको विभिन्न योजनाहरुबारे उल्लेख रहेको छ ।

एक वर्षे कार्यकालमा नगर भरीमा ३ किलोमिटर आरसिसि सडक ढलान ,३ किलो मिटर नाला ,१ किलो मिटर सडक ग्रावेल र १ किलो मिटर नया सडक ट्रायक खोलेको बताए । नगरप्रमुख साहले टाउन हल, विवाह मन्डप, स्मार्ट सिटि अन्तरगत विभित्र बाटो बन्दै गरेको बताए ।झुलुङ्गे पुल , कलाकुन्ज पुस्तकालय , क्भर्ट नाला , विधुत पोल ,वानेश्वर मन्दिर
राम जानकि मन्दिर, विभिन्न विधालयमा तल्ला थप समेत गराउने काम गरेको बताए । । मधेस प्रदेशमा न्युनतम सर्त मापन कार्यमा मधेस प्रदेसको १ सय छतिसमा पहिलो भएको जानकारी समेत उनले गराए । सो अवसरमा नगर उपप्रमुख शैलदेवी , निमित प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर , नगर प्रवक्ता अर्जुन सिह सहितका वडा अध्यक्षहररुको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!