हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

रौतहट,जेठ १२ गते
हाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

उनीहरुले नेपाल पत्रकार महासंघ रौतहट शाखाको सभाहलमा शुक्रवार दिउँसो पत्रकार सम्मेलन गरी सहनी निर्दोष रहेको बताउँदै निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् ।

सहनीको परिवारजनले किर्ते हस्ताक्षर गरेको आरोप आधारहीन रहेको बताएका छन् । छठपर्वको बेला आफनो श्रीमानको नाममा नगर प्रमुख कन्थमनी जयवालले दाउरा, सिपुली र साडी वितरण गर्न ५ लाख रुपैयाँ पेश्की निकासा गराएको रामनारायण सहनीको पत्नी लालवती देवीले बताइन् ।
उनले भनिन् सोही पेशकी रकमको फर्छयौट गर्नको फाइल लिएर जादा हाकिम भुदेव झाले १० प्रतिशत कमिसिन माग गरेको र नदिदा किर्ते हस्ताक्षर गरेको भनि झुठा आरोप लगाइ फसाएको आरोप लगाएका छन् ।

एक जना कार्यालय सहयोगीले फाइल हस्ताक्षर गराइ ल्याएर दिएको र सो फाइल बुझाउन जादाँ प्रहरी आफनो निर्दोष पतीलाइ पक्रेर लगेको उनले दुखेसो पोखिन् । उनले भनिन् आफूहरु गर्दै नगरेको खर्चको कमिसन कहाँ बाट दिनु । कमसिन नदिदाँ षडयन्त्रपूर्वक आफनो श्रीमान् लाइ फसाइयो ।
यता प्रमुख प्रशासकिय अधिकृत भुदेव झाले आफूले कुनै किमिको कमिसन माग नगरेको बताएका छन् । आफनो किर्ते हस्ताक्षर भएछि प्रहरीलाइ खबर गरेको बताए ।

यता नगर प्रमुख कन्थमनी जयसवालले भने रामनारायण सहनीले किर्ते हस्ताक्षर गरेको भनि आफू,हाकिम,योजना शाखा प्रमुख र लेखाप्रमुख समक्ष स्विकार गरेको बताए । उनले यस अघिको स्थानिय सरकारमा पनि यस्तै किसिमको नक्कली हस्ताक्षर गरेको खुलासा गरे । मेयर जयसवालले भने पेशकी निकासा भएको योजनाको बिल भर्पाइ हुँदाहुदै पनि किर्ते हस्ताक्षर गर्नुको कुनै औचित्य नरहेको बताए । घटनाबारे सत्य तथ्य छानबिन हुनुपर्ने उनको भनाइ छ ।

हाकिमको किर्ते हस्ताक्षर गरी बिल पास गराउन खोजेको भन्दै रौतहटको गरुडा नगरपालिका कार्यालय गरुडामा कार्यरत कर्मचारी सहनीलाइ प्रहरीले पक्राउ गरेको थियो । नगरपालिका कार्यालयमा पोषणसम्बन्धी शाखामा सहनी कार्यरक्त कर्मचारी हुन् ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!