जिल्ला प्रहरी कार्यालय सिरहामै एक प्रहरी जवानलाई हात बाँधेर यातना

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहामै एक प्रहरी जवानलाई हात बाँधेर यातना दिइएको छ ।

प्रहरी जवान अणु रायको हात पछाडिबाट बाँधिएको छ । सार्वजनिक भिडिओमा सादा पोशाकमा रहेका उनी रोइरहेको देख्न सकिन्छ ।

एक प्रहरी अधिकारीले ‘के खाएछस् ?’ भनेर गरेको प्रश्नमा बाँधिएका प्रहरी जवान राई जवाफ दिन्छन्, ‘केही खाको छैन ।’उनले खोल्नुस्, यसरी यातना दिनुहुन्छ भने मर्छु पनि भनेका छन् ।

स्रोतका अनुसार उनलाई हात बाँधेर प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएका हुन् ।प्रहरी जवान रायका भाइ राजनीशले ड्युटी अधिक गराएको र गुनासो गरेकै कारण यातना दिएको आरोप लगाएका छन् ।

यता सिरहाका प्रहरी प्रमुख एसपी टेकनन्द इवा लिम्बूले प्रहरी जवान रायलाई यातना नदिएको दाबी गरे ।

उनले भने, ‘प्रहरी जवान राय चालक छन् । उनी लागुऔषध खायो कि के ? थाहा भएन । तर, नशामा जथाभावी गरेपछि नियन्त्रणमा लिएर हतकडी लगाएर सोधपुछमात्र गरिएको छ । यातना दिएको छैन ।’

नियन्त्रणमा लिन खोज्दा उनी भाग्न खोजेको भन्दै एसपी लिम्बूले भने, ‘जिल्ला प्रहरी कार्यालयदेखि ५ सय मिटर टाढाबाट नियन्त्रणमा लियौं । उनलाई नियन्त्रणमा लिनै गाह्रो भएपछि हतकडीमात्र लगाएको थियो ।’

प्रहरी जवान रायको स्वास्थ्य परीक्षण गराउँदा मदिरा सेवन गरेको पनि पुष्टि नभएको एसपी लिम्बूले बताए ।

उनले भने, ‘हतकडी लगाएर सोधपुछ गरिएको भिडिओ कसरी लिक भएको हो, थाहा भएन । यस विषयमा अनुसन्धान भइरहेको छ ।’

भिडिओ बाहिरिएपछि प्रदेश प्रहरी कार्यालयले पनि छानबिन सुरु गरेको एसपी लिम्बूले बताए । उनका अनुसार घटनाको छानबिनका लागि डीआईजी अहिले सिरहा आएका छन् ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!