रौतहटको गुजरा लमहा नदिमा ठेकेदारको लापरवाहीका कारण स्थानीयलाई सास्ती

पछिल्लाे समाचार

रौतहट, असार ३१ गते
रौतहटको गुजरा नगरपाकिला स्थित रहेको लामहा नदिमा पानीको सतह बढि भएका कारण बाटो अवरुद्ध भएका छन् । सो नदिमा धरै दिनदेखि लमहा पुल निमार्ण कार्य भइरहेको छ ।

तर, सो पुल निमार्णको ठेका लिएको ठेकेदारका कारण बाटो अवरुद्ध भएकाे तथा स्थानीयलाई सास्ती भएकाे छ । सो पुल निमार्ण गर्नु अघि विना कमचलाउ बाटो (डाइर्भजन) को निमार्ण पुलको काम सुरु भएको समयदेखि नै स्थानीय तथा आवत जावत गर्ने सवारी साधनहरुलाई कठिनाई भएको देखिन्छ ।

केहीदिन पहिला पनि वर्षाका कारण सो बाटो अवरुद्ध भएपश्चात गुजरा नगरपालिकाको निदेर्शनमा ह्युम पाईप राखेर बाटो खुल्याइएको थियो । यो घटना पटक पटक भएका कारण स्थानीयहरुलाई समस्या परेको सो पालिकाको अम्तवा निवासी निरज साहले बताएका छन् ।

उनका अनुसार वर्षा भएको दिनदेखिर्नै सो बाटो उवरुद्ध भएका कारण आवत जावतमा समस्या भएको हो । सो बाटो भएर दैनिक रुपमा जाने एभर ग्रिन विधालय बालचनपुरका शिक्षक नेवालाल चौधरी भन्छन् हाम्रो लागि यो बाटो न भएका कारण धेरै नै समस्या भएको हो । स्थानीय सरकारले चासो नदेखाएका कारण सो समस्याको समाधान हुन नसकेको गुनासो गरेका छन् । उनी भन्छन् लमहा नदिका ठेकेदार सहित स्थानीय सरकारको पनि हुलो लपरवाहीका कारण स्थानीयहरुले सो समस्या भोगनु परेको हो ।

सोही विषयमा गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार अधिकारी भन्छन् , हामी तत्कालका लागि सो बाटो आज विहान देखि संचालन गरेका छौँ । तर, ठेकेदारले लपरवारी गरेसी यास्तो समस्या नहुने कुरानै हुँदैन उनले भने । यो नदिमा पानीको बहाव बढने तथा घटने क्रम जारी नै रहेका कारण हामीले बाटो संचालनमा ल्याएता पनि धेरै समस्यसम्म टिकन सकेको छैन् । अहिले सो समस्याको समाधान भएको उनले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!