जिल्ला कारागार रौतहटमा क्षमता भन्दा करिव दोब्बर कैदीबन्दी राखिएपछि व्यवस्थापनमा ठुलो समस्या

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

साउन २१गते

जिल्ला कारागार रौतहटमा क्षमता भन्दा करिव दोब्बर कैदीबन्दी राखिएपछि व्यवस्थापनमा ठुलो समस्या देखिएको छ । जिल्ला कारागार गौरको क्षमता २ सय जनाको मात्र भएपनि हाल उक्त कारागारमा ३ सय ६८ जना कैदीबन्दी रहेका छन् ।

कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा कारागार व्यवस्थापनमा समस्या आएको जिल्ला कारागार कार्यालय गौरका प्रमुख (जेलर) मणिभुषण साहले बताएका छन् ।
भवन अभाव हुँदा क्षमता भन्दा लगभग दोब्बर कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको छ । प्रयाप्त भवन नहुँदा कैदीबन्दीहरुले एउटै कोठामा क्षमता भन्दा धेरै बस्नु पर्ने बाध्यता रहेको कारण उनिहरुको व्यवस्थापन गर्न समस्या भइरहेको जेलर साहले बताए ।

क्षमता भन्दा बढी कैदीबन्दी भएपछि कैदीबन्दीहरुलाई खाने, बस्ने, सुत्ने, लत्ता कपडा, शौचालयको अभाव छ भने राशन, विद्युत, खानेपानी र स्वास्थ्य उपचारमा समस्या हुने गरेको जेलर साहले बताए ।

उनले भने, “कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहँदा सबै भन्दा बढी सुत्नका लागि समस्या हुने गरेको छ।” पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर साहले बताए ।

जेनतेन गरेर केही स्थानीय तहको सहयोगमा आफुले जिर्ण भवनलाई थोरै व्यवस्थित गरेपनि अझै सुधार तथा मर्मतका काम धेरै गर्न बाँकी रहेको उनले बताए । वर्षाको पानीको निकास नहुँदा वर्षाको समयमा कारागार कार्यालय भित्र पानी जम्ने गरेको र त्यही जमेको पानीमा कैदीबन्दी बस्न बाध्य हुँदै आएको समेत उनले बताए ।

क्षमता भन्दा बढी कैदी बन्दी राखिएकोले पानी खान र नुहाउन समेत समस्या हुने गरेको कैदीबन्दीहरुको गुनासो छ । कारागार भवन धेरै जिर्ण भएकोले आफुहरु बर्षाको समयमा रातीमा राम्ररी सुत्न समेत नपाउने गरेको कैदीबन्दीहरु बताउँछन् ।

सबैभन्दा ठूलो समस्या शौचालयको रहेको उनिहरुको भनाई छ् । विहान शौचालय जादा घण्टौसम्म पालो कुर्नुपर्ने अवस्था रहेको उनीहरु बताउँछन् । यस्तै खाना खानको लागि समेत घण्टौ लाइनमा बस्नुपर्ने र सुत्नलाई समेत पालो कुर्नुपर्ने अवस्था रहेको कैदीहरुको गुनासो छ ।

कैदीको संख्या क्षमता भन्दा बढी हुँदा कोचिएर बस्नुपर्ने बाध्यताका कारण कैदीबन्दीमा विभिन्न किसिमका सरुवा रोगहरुको संक्रमण हुन सक्ने खतरा समेत उतिकै छ ।
पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागारलाई भ्याइनभ्याइ छ । कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय रौतहट तथा कारागार विभागलाई समस्याबारे जानकारी गराउँदै आए पनि सुनवाइ नभएको बताइन्छ ।

आजभन्दा ९१ वर्षअघि वि.सं. १९८९ सालमा स्थापना भएको जिल्ला कारागार कार्यालय रौतहट अहिले संरक्षणको अभावमा दिनप्रतिदिनि जीर्ण बन्दै गएको छ ।
यस आर्थिक वर्ष २०७९÷०८० मा स्थानीय सरकार र विभिन्न दातृ निकायको सहयोगमा कैदीबन्दीको सुविधाका लागि थप तिन वटा शौचालय निर्माण गरिएको छ भने कैदीबन्दीको फोन गर्ने ठाउँ, खाना खाने ठाउँलाई मर्मत गरी व्यवस्थित गरिएको छ ।

त्यस्तै १५ थान पंखा, दुई वटा पानी तान्ने मोटर, हाते पम्प एक थान र २० वटा त्रिपाल कैदीबन्दीहरुलाई विभिन्न श्रोतबाट उपलब्ध गराइएपछि उनिहरुलाई थोरै राहत भएको जिल्ला कारागाार कार्यालयले जनाएको छ ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!