राजपुर नगरपालिका वडा तीन का ३ जना युवकहरु लालबकैया नदीको भङ्गालोमा फसेकालाई सुरक्षाकर्मीलेद्वारा उद्धार

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

रौतहट २३ साउन ।

खेतमा काम गरेर घर फर्कदै गर्दा वागमती नदीमा आएको बाढीले बगाउदा एक बृद्धको ज्यान गएको छ ।
गढीमाई नगरपालिका वडा नम्वर २ का ६५ बर्षिय सहिद राय भाँट वागमती नदी पारी सर्लाही बरहथवा नगरपालिकाको वडा नम्वर ४ स्थित खेतमा काम गरेर फर्किगरेको अवस्थामा दिउसो १२ बजे तिर डुबेर मृत्यु भएको स्थानीयले बताएका छन ।
भाँटलाई डुविरहेको अवस्थामा स्थानीयले उद्धार गरेर उपचारको लागि चन्द्रपुर अस्पतालमा पठाउदा चिकित्सकले मृत घोषणा गरेको रौतहट प्रहरीका एसपी विरबहादुर बुढा मगरले बताएका छन ।
विभिन्न स्थानमा मा बाढीमा फसेका ११ जना लाई सुरक्षाकर्मीले उद्दार गरेको छ ।








फतुवाविजयपुर न.पा.वडा नं.-८ बुनियाँद गाउमा वर्षाको कारण ५० घर भन्दा बढी मा पानी पसेको र एक ६५ बर्षिय लालबहादुर चौधरी पानीमा डुब्दै गरेको अवस्थामा स्थानिय को सहयोगमा प्रहरीले उद्दार गरेका छन ।
मंगलवार विहान गोठाला गएका राजपुर नपा ३ फतुवा महेशपुरका ३ जना युवकहरु लालबकैया नदीको भङ्गालोमा फसेकालाई सुरक्षाकर्मीले उद्धार गरेका छन ।
परोहा नगरपालिका ४ पोखरिया स्थित लालबकैया नदीमा ४ जना गोठाला फसेको खवर पछि उद्धार गर्न बोट सहितको सुरक्षाकर्मीलाई परिचालन गरिएको थियो ।
यस्तै मौलापुर नगरपालिका १ मर्यादपुर स्थित बाकैया नदीको बाढीमा परेपछि जोगिन रुखमा बसेका युवकलाई समेत प्रहरीले उद्धार गरेको छ ।दुर्गा भगवती वडा नम्वर ५ बडहर्वामा बागमती र झांझ खोलाको बाढीले गाउँ वरिपरिका क्षेत्र डुबान गरेको छ जिल्लाका अन्य नदि तथा खोलाहरु मा पानीको सतह बढेको छ ।



वागमती नदीमा आएको बाढिबाट दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिका को सयौं विगहा खेति गरिएको जग्गा डुबानमा परेका छन ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी गाउँ भन्दा दक्षिण भएर बागमतीको बाढी प्रवेश गरेको छ । बाढीले धान खेत डुबानमा परेको छ ।
गौर गंगापिपरा सडक खण्डको दुबै तर्फ बाढीको पानी बढेको छ ।झाझ नदिमा ठूलो बाढी आएकोले सतर्क रहन आग्रह गरिएको छ ।

वागमती नदीको बाढीले दुर्गा भगवती ३ र ५ मा बाँधलाई क्षति पुर्याउने सम्झावना बढि रहेको स्थानीयले बताएका छन ।
लाल बकैया नदीमा पनि ठूलो बाढी आएको हुँदा खोला किनारमा नजान तथा बाढिबाट जोगिन स्थानीय तह र स्थानीय प्रशासनले आग्रह गरेको छ ।
दुइदिन देखी परेको पानीका कारण रौतहटमा नदी तथा खोलाहरुमा पानीको सतह बढेको छ । बागमती खोलामा आएको बाढी चन्द्रपुर १ मा रहेको नुनथर क्षेत्रका केही घर तथा पसलमा पसेको छ । नुनथर स्थित बागमती छेउमा पसल राख्न बनेका एक दर्जन घरमा बाढी पसेको हो ।
बागमतीको बहाव बढेको स्थानीय बासिन्दाले बताए । चाँदी र बकैया खोलामा समेत पानीको बहाव बढदै जान थालेको स्थानियले बताएका छन ।


रौतहट जिल्लाकाे बाग्मती ,लालबकैया र झाँझ खोला, चादी नदिमा पानीको सतह बढेको छ ।
नदिमा पानी स्तर बढे संगै आउने सम्भावित खतराबाट जोगाउन एवं समस्यामा परेका व्यक्तिको उद्धारका लागि सुरक्षाकर्मी लाई र उद्दार सामाग्री तयारी अवस्थामा राखिएको जिल्ला बिपत ब्यावस्थापन समिती रौतहटले जनाएको छ । स्रोत कलमपन्ती

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!