राैतहट,साउन २२ गते ।
राैतहटकमे दक्षिणी भेग ईशनाथ नगरपालिकामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम गरिएको छ ।
“समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत समुदाय-प्रहरी वडा समिति नम्बर ६ ईशनाथ नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चाैकी जयनगर रौतहटको सहयोगमा आईतवार दिउँसो कार्यक्रम गरिएको थियाे ।
ईशनाथ नगरपालिका वडा नम्बर ०६ स्थित जयनगर टोलमा सोही वडाका स्थानिय, भद्रभलादमी,बालबलिका समेत गरी अन्दाजी २० जना मानिसहरुको सहभागितामा जातिय छुवाछुत तथा भेदभाव सम्बन्धी जनचेतनामूलक कार्यक्रम भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको हाे ।