नेपाल किसान सङ्घ रौतहटद्वारा स्थापना दिवसमा चियापान कार्यक्रम

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

मुकेश कुमार साह,

रौतहट, २४ गते साउन

नेपाल किसान संघ रौतहटले स्थापना दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।नेपाली कांग्रेस निकट जनवर्गीय संगठन नेपाल किसान संघको ७२ औं स्थापना दिवसको अवसरमा बुधबार चन्द्रपुर नगरपालिका वडा नम्वर १ स्थित मंगलपुरमा चियापान कार्यक्रम सँगै शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन कृष्ण श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व किसान संघका जिल्ला अध्यक्ष कमल राउतले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नेपाल कृषि प्रधान मुलुक भएतापनि यहाँका अधिकांश किसानहरू सधैं पीडामा परेको बताएका छन् ।

रासायनिक मल,बीउ बिजन र सिंचाईको व्यवस्था नहुँदा किसान पिडित हुनु परेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय कुमार काफ्लेले नगरपालिकाले विभिन्न वडाहरुमा डिप बोरिङ सहितको सिंचाईको व्यवस्था मिलाएको र किसानलाई रासायनिक मल वितरणको कार्य लाई तिब्रता दिएको बताएका छन ।

बीउ बिजन उत्पादन र वितरण लाई सहज बनाउन एकद्वार प्रणालीबाट काम गर्न कृषि शाखालाई समेत निर्देशन दिएको मेयर काफ्लेले बताए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति एवम् प्रदेश सांसद जितेन्द्र यादव सुनिल, कांग्रेस नेता रबिन चन्द्र कोइराला, महाधिवेशन प्रतिनिधि मिथिलेश मिश्र, सूर्य बहादुर थापा , केदार थापा, वडा अध्यक्ष बलराम राउत लगायत दर्जनौ नेपाली कांग्रेसका विभिन्न तहका अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!