शिक्षक हकहित मंच राैतहट कार्यसमितिको गठन

पछिल्लाे समाचार

राैतहट,साउन २४ गते ।

शिक्षक हकहित मंच राैतहट कार्यसमितिको गठन भएको छ । आज मिति २०८० श्रावण २४ गते बुधबारका दिन श्री मावि महम्दपुरको प्रांगणमा एक कार्यक्रमका बिच साे कमिटी गठन गरिएको छ ।

विभिन्न संचार माध्यमबाट प्राप्त जानकारीअनुसार प्रास्तावित शिक्षा ऐन-२०८० को मस्यौदाको धेरै दफाहरु शिक्षक हकहित विपरीत भएको, शिक्षा ऐन-२०२८ ले प्रदान गरेको सेवा सुविधा कटौती गर्न लागेको त्यसमा पनि २०७५ चैत्र ४ गते पछि स्थायी भएका शिक्षकहरूलाई पेन्सनबाट समेत बन्चित गराउने असहनीय र अमानवीय प्रस्ताव राखेकोले यसको बिरूद्ध आवाज बुलन्द पार्न, सरकार एवं संबंधित निकाय,संघ संस्था तथा व्यक्तिहरूलाई दबाब दिन साथै शिक्षक हकहितको संरक्षण गर्न आई परे क्रान्तिको बिगुल फुकेर भए पनि शिक्षकहरूको जायज मागलाई सम्बोधन गर्न सरकार र संवन्धित निकायहरुलाई बाध्य पार्न २०७५ साल चैत ४ गते पछि स्थायी भएका रौतहट जिल्लाका शिक्षकहरूको वृहत भेलाले साे कमिटी गठन गरेको हाे ।

शिक्षक रामाश्रय राय यादवको अध्यक्षतामा २१ सदस्यीय शिक्षक हकहित मंच जिल्ला कार्यसमिति रौतहटको गठन गर्नुकाे साथै सोही भेलाले प्रदेश प्रतिनिधि, केन्द्रीय प्रतिनिधि, वरिष्ठ सल्लाहकार र पालिकागत फाेकल पर्सन समेत चयन गरेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!