रौतहटको माधवनारायण नगरपालिका,६माधोपुरमा यस वर्ष तेस्रो गढीमाई मेला लाग्दै

ओम प्रकाश यादव

मङसिर १३ गते, रौतहट

रौतहटको माधवनारायण नगरपालिका -६ माधोपुरमा यस वर्ष पाँच वर्षपछि पञ्चवर्षीय गढीमाई मेला लाग्दै छ।

माधोपुर गाउँभन्दा पश्चिम मिठुअवा जाने बाटोमा रहेको गढीमाई मन्दिरको प्राङ्गणमा यही मङ्सिर २० गतेदेखि तेस्रो गढिमाई मेला लाग्दै छ।

यहाँ विगत १५ वर्षदेखि प्रत्येक पाँच वर्षमा गढीमाईको भव्य मेला लाग्ने गर्दछ। पाँच वर्षपछि यस वर्ष लाग्न थालेको माधोपुरको गढिमाई मेला तेस्रो मेला हो ।

मङसिर २० गतेदेखि सुरु भई मङसिर २५ गतेसम्म लाग्ने गढीमाई मेलाको तयारी अहिले तिव्र गतिमा भइरहेको माधोपुरका वडा अध्यक्ष रामनरेश रायले जानकारी दिएका छन्।

यस मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि लाखौं भक्तजन गढीमाईको दर्शन गर्न र आशीर्वाद लिन आउने गरेको वडा अध्यक्ष रामनरेश रायले बताए ।मेलामा मङसिर २० गतेदेखि नाचको पनि व्यवस्था मिलाइएको उनले बताए।

माधोपुरको एतिहासिक गढीमाई मेलामा देशभित्रका लाखौं पुग्छन्, यति मात्र नभइ यस मेलामा भारतको बिहारबाट समेत भाकल पूरा गर्न भक्तहरूको त ओइरो नै लाग्ने गरेको माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताए।

मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउने उदेश्यका साथ अहिले बाहिरबाट आउने आगन्तुकका लागि शौचालय निर्माण, पण्डाल बनाउने लगाएत कार्य भइरहेको नगर प्रमुख यादवले बताए।

यहाँ सयौं राँगा र अन्य जनावर हाँस, कुखुरा, बोकाको बलि दिइने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!