रौतहट जिल्लाका तीन वटै वडामा अहिले शान्तिपूर्ण रूपमा मतदान हुँदै

गुड्डु यादव,राैतहट,१६ गते मंसिर । 

राैतहटमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा भईरहेकाे छ ।जिल्लाकाे तीन वटै वडामा अहिले शान्तिपूर्ण रूपमा मतदान भईरहेकाे खबर प्राप्त भएको । जिल्लाकाे गढीमाई नगरपालिका -८ काे मतदान केन्द्र श्री मावि विरनगरा मतदान केन्द्रमा शान्तिपूर्ण अवस्थामा मतदान भइरहेको छ । 

अहिलेसम्म २ बजे सम्म २ हजार १ सय भन्दा बढी मत खसिसकेको निर्वाचन अधिकृत महमद मुनाले जानकारी गराएका हुन् । प्रहरीको कडा सुरक्षा र निगरानीले निकै शान्त तथा भयरहित वातावरणमा मतदान भइरहेको देखिएको छ । 

आज बिहानैदेखि वडा अध्यक्ष पदका लागि उपनिर्वाचनमा ईप्रका गरुडाको प्रमुख राजन कार्की, सशस्त्र प्रहरीका कमान्डर अमरब्रामुको कमान्डमा शान्तिपूर्ण तरिकाले मतदान सुरु भएको थियोे । साे वडामा २ हजार ७ सय मतदाता रहेको छ । 

तस्तै राजपुर नगरपालिका वडा नम्बर ६  र ईशनाथ नगरपालिका वडा नम्बर ७ मा पनि शान्तिपूर्ण रूपमा पनि चुनाव भइरहेको स्थानीय पत्रकार माेहम्द माेजिबुलाहसे जानकारी गराएका हुन् । 

ईशनाथ नगरपालिका वडा नम्बर ७ मा १६३३ मत खसेको उनले बताएका हुन् । २ हजार ८ सय मतदाता रहेको साे ठाउँमा माेतीगंज प्रावि मतदान केन्द्रमा ६००,विपि काेईराला मावि मतदान केन्द्रमा १०३३ मत खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!