भोजपुरी गायक सुपर स्टार खेसारीलालले तताए गढीमाई मेलाका माहौल

रौतहट मंसिर २०गते

भारतीय भोजपुरी सिनेमाका सुपर स्टार तथा गायक खेसारीलाल यादव र नेपाली कलाकार रचना शिवाकोटीको संयुक्त प्रस्तुतिसँगै हजारौं दर्शक झुम्मिएका छन् ।

रौतहटको सुन्दरपुरमा आयोजित गढीमाई मेलामा आफ्नो प्रस्तुतिबाट लाखौं दर्शकलाई नचाउँदै चर्चित भारतीय भोजपुरी गायक तथा कलाकार खेसारीलाल यादवले माहोल तताएका छन्।

गढीमाई नगरप्रमुख श्यामप्रसाद यादवले खेसारीलालको घरमै पुगेर निमन्त्रणा दिएको कलाकार खेसारीलाल यादवले मञ्च बाटै बताए । यादवको प्रस्तुति हेर्न रौतहट, सर्लाही, बारा जिल्लासहित भारतका विभिन्न स्थानबाट बाक्लो संख्यामा दर्शक मेलास्थलमा आएका थिए।

भोजपुरी सुपरस्टार भनेर चिनिने खेसारीलाल यादवले सुन्दरपुरमा आयोजित मेलाको सांस्कृतिक कार्यक्रममा आफ्नो दमदार प्रस्तुति दिएर लाखौं दर्शकलाई नचाएका हुन्। कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीतहरूसँगै ऊर्जावान नृत्य प्रस्तुत गर्दै दर्शकलाई झुम्न बाध्य बनाएका थिए।

।खेसारीलालले आफ्नो चर्चित गीतहरू जस्तै “ठीक है“सज के सवर के,र ललकी ओढ़निया” “दिल ना लगइह ” प्यार मे पिटाइल बानी घर से “प्रस्तुत गर्दा उपस्थित भीड उत्साहपूर्वक नाचगानमा सामेल भएको थियो। कार्यक्रमले स्थानीय स्तरमा भोजपुरी संगीत र मनोरञ्जनलाई नयाँ उचाइमा पुर्‍याएको मेला आयोजक समितिले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!