रौतहट पुस,१गते
रौतहट ।नगर क्षेत्रलाई व्यवस्थित गर्नका लागि रौतहटको गरुडामा सोमबारबाट नगर प्रहरी परिचालन गरिएको छ । रौतहटको गरुडा नगरपालिकाले १४ जना नगर प्रहरीहरु छनौट गरी आवश्यक तालिम प्रदान पश्चात सोमबारबाट नगरक्षेत्रमा पारिचालन गरिएको गरुडा नगरपालिकाले जनाएको छ ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले गरुडा नगरपालिका ब्यापारिक केन्द्र भएकाले पनि नगर प्रहरीको आवश्यकता महसुस भएपछि नगर प्रहरी सोमबारबाट खटाइएको छ ।
उहाले नगरक्षेत्रमा देखिएको विभिन्न समस्याहरु समाधान गर्न तथा नगरपालिका क्षेत्रमा देखिएको अस्तव्यस्त बजार क्षेत्रलाई व्यवस्थित गर्न नगरप्रहरी आवश्यक रहेको बताउनुभयो । उहाले अव नगर क्षेत्र भित्र हुने सडक पेटी अतिक्रमण लगायतको समस्या समाधान हुने विश्वास लिनुभयो ।
कार्यक्रममा नगर प्रमुख जयसवालले १४ जना नगर प्रहरीलाई तालिम सम्पन गरि सोमबार एक कार्यक्रम मार्फत दर्जानी चिन्ह प्रदान सहित फुलमाला र टीका लगाई बिधिवत रुपमा लगनशील, कर्मठ र नियम कानुनको दायरा भित्र रहि काम गर्न निर्देशन समेत दिनु भयो । उहाले नगरक्षेत्रलाई व्यवस्थित गर्न निर्देशन समेत दिनुभयो ।