सवारी साधनको कर जरिवानामा लाग्ने शुल्क शतप्रतिशत छुट

जनकपुरधाम । सवारी साधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शतप्रतिशत छुट दिने भएको छ ।

मधेश प्रदेश सरकारले “मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१” जारी भएपछि लागु हुने गरी सवारी साधनको नविकरणमा लाग्ने जरिवाना समेत शतप्रतिशत छुट गरेको सूचना प्रकाशित गरिएको छ । यातायात व्यवस्था कार्यालय जनकपुर र बीरगँजले यसको लागि सूचना जारी समेत गरिसकेको छ । अन्य जिल्लाका यातायात व्यवस्था कार्यालयले सूचना निकाल्ने क्रम जारी छ ।

ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको १ वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नविकरण गराउँदा, सवारी साधन कर र नविकरण दस्तुरमा लाग्ने जरिवानामा शतप्रतिशत छुट दिने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!