आम जनता पार्टीद्वारा काठमाडौँमा विरोध प्रदर्शन

रौतहट,पुस,१४गते

काठमाडौँ । आम जनता पार्टी (आजपा)ले सरकारले मनोमानी रुपमा कर लगाएको भन्दै आइतबार काठमाडौँमा प्रदर्शन गरेको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुँदै पुन कमलादीमै पुगेर सम्पन्न भएको हो ।

कर आतङ्क बन्द गर, दलाल दलतन्त्र मुर्दावाद, आम जनता जिन्दाबाद, तेस्रो जनआन्दोलन सफल पारौँ, जनता लुट्न पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर, भगौडा विदेशीको अवैध सम्पत्ति जफत गरलगायतका नारा प्रदर्शनका क्रममा आजपाका नेता कार्यकर्ताले लगाएका थिए । आजपाले पार्टीको दोस्रो स्थापना दिवसका साथै आन्दोलनको कार्यक्रम सँगसँगै अगाडि बढाएको छ ।

जसअनुसार दलतन्त्र विरुद्ध तेस्रो जनआन्दोलनको सङ्कल्प सहित आजपाले दोस्रो स्थापना दिवस काठमाडौँ उपत्यका विशेष कमिटीको आयोजनामा भव्यरुपमा आज मनाएको हो ।सरकारको मनोमानी करले नेपालको उद्योग, व्यवसाय धराशायी बन्दै गइरहेको निष्कर्ष निकाल्दै आजपाले कर आतङ्क बन्द गर्नुपर्ने माग गर्दै आएको छ ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे मनोमानी कर आतङ्क बन्द गर्नुपर्ने बताए । मुलुकको उद्योग, व्यापार धराशायी बन्दै गइरहेको छ । सरकारले जसरी पनि कर असुल्ने नीति लिएको छ । उद्योग व्यापार ध्वस्त हुदै गइरहेको भए पनि सरकारलाई केवल कर कसरी असुल्नेमा मात्रै ध्यान छ।

आजपा अध्यक्ष साहले भने, ‘सरकार पिच्छे पाइलापाइलामा कर लिने तर सेवा नदिने । कर लिने तर सोही अनुसारको सुविधा नदिने । केवल कर कसरी लिने भन्नेमा मात्रै सरकारको ध्यान छ ।’ नेपाल भन्दा ठुलो भूगोल, जनसङ्ख्या भएको मुलुक भारत र चीनमा कर थोरै भएको र त्यहाँको सरकारले उद्योगी व्यापारीलाई सेवा पनि बढी दिइरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!