बिरगंजबाट सशस्त्र प्रहरीद्वारा ८ लाखभन्दा बढी तस्करीको कपडा बरामद

रौतहट, पुस,१७ गते

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–७, कुम्हाल टोलस्थित एक घरमा सशस्त्र प्रहरीले छापा मारेर भारतबाट तस्करी गरिएका कपडाको ठूलो मात्रा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज भन्सार कार्यालयको टोलीले गोप्य सूचनाका आधारमा गरिएको कारबाहीमा राजस्व छल्दै भारतबाट ल्याइ घरमा भण्डारण गरिएका कपडाहरू फेला पारेको हो ।

बरामद कपडाको मूल्य करिब ८ लाख २८ हजार रुपैयाँ छ ।सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकेन्द्र सुबाका अनुसार, बरामद सामग्रीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । यस घटनामा संलग्न घरधनीको नाम भने सार्वजनिक गरिएको छैन ।यो कारबाही तस्करी नियन्त्रण र राजस्व सुरक्षाका लागि सशस्त्र प्रहरीद्वारा गरिएको महत्त्वपूर्ण कदम मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!