शिक्षा क्षेत्रमा धाधली गर्दा भावी मेयर उमेदवार ईन्जिनियर अर्जुन शर्मा सहितका टोलीले बुझाए ज्ञापनपत्र ।

रौतहट ,पुस २१ गते

रौतहटको परोहा नगरपालिकाको मेयर शेख वकिल र विद्यालय क्षेत्रका वर्डा अध्यक्षको मिलोमतोमा शिक्षक नियुक्ति विज्ञान २०८० सालमा निकालिएको सुचनाको आधार टेकेर वर्तमान अवस्थामा आफ्नै नातेदारलाई शिक्षक रिक्त पदमा बहाल गर्ने मनोवृतिको विपक्षका बसंतपटीका युवाहरुले सामुहिक रुपमा यो कार्य नगराउन र आवश्यक कार्यवाहीको माग गर्दै हाकिक महफुज आलमलाई ज्ञापनपत्र बुझाएको भावी मेयर उमेदवार ईन्जिनियर अर्जुन कुमार शर्माले बताएका हुन् ।

ज्ञापनपत्रमा उल्लेखित उपर्युक्त विषयको सम्बन्धमा जि. रौतहत, परोहा नगरपालिका वडा नं. ०६ स्थित श्री सरस्वती प्रा. वि. मा बाल विकाश कोटा (२) मा मिति २०८०-०२-१४ गते भएको विज्ञापनको विषयलाई लियर बारम्बार झैँ-झगडा भएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

सोही विषयलाई लिएर अगामी दिनमा एक अर्काप्रति द्वेष फैलिन गइ सामाजिक द्वन्द हुने सक्ने सम्भावना बढेकोले उक्त विज्ञापन रद्द गरी उक्त कोटामा नयाँ विज्ञापन जारी गरी योग्यताका आधारमा खुल्ला रुपमा लिखित प्रतिस्पर्धा गराई दक्ष तथा अनुभवी शिक्षकलाई छनौट गरि दिनु हुनको लागी नगरका तपसिल बमोजिमका राजनीतिज्ञ, भर-भलादमी, शिक्षा-प्रेमी तथा अभिभावकहरुको हस्ताक्षर सहित यो ज्ञापन पत्र बुझाएका छौं ।

यदि यो विज्ञापन रद्द भएन र सोही निहुँमा अगामी दिनमा यस नगरमा द्वन्द फैलिई कुटपिट, झै-झगदा लगायत अन्य केही नकारात्मक कुरा भयो भने यसको जिम्मेवार स्वयं परोहा न. पा., खासगरी त्यहाँका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा प्रमुख हुनेछ । यति भन्दा भन्दै यो विवाद सबै सरोकारवालाको चाहना अनूरुप शान्तिपूर्ण तवरले समाधान हुन्छ भन्ने कुराको हामीले अपेक्षासमेत लिएका छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!