रौतहटको माधवनारायण नगरपालिकाका मेयर यादवले एक वडामा ३० वटा डिप बोरिङ जडान

रौतहट ,पुस २४गते

रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले एक वडामा ३० वटा डिप बोरिङ जडान गरेका छन।किसानहरुलाई सहज रुपमा सिँचाइको सुविधा उपलब्ध गराउने उद्देश्यले मेयर यादवले माधवनारायण नगरपालिका -८ पिप्रा रजवडामा ३० जना किसानको खेतमा डिप बोरिङ जडान गरेका हुन्।च्वाइस नेपालको सहयोगमा जडान भएको उक्त बोरिङहरुको मेयर यादवले उद्घाटन गरेका छन्।

मंगलवार अबेर साझ आयोजित एक कार्यक्रमका बीच माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादव र सहयोगी संस्था च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्मा दुवैजनाले संयुक्त रूपमा बोरिङको उद्घाटन गरेका थिए।बागमती नदी पारी जडान भएको ३० वटा डिप बोरिङले करिव २ सय भन्दा बढी बिघा खेतमा सिँचाइ सुविधा पुर्‍याउने र यस परियोजनाबाट हजारौं किसान लाभान्वित हुने मेयर यादवले विश्वास व्यक्त गरेका छन्।

त्यस्तै डिप बोरिङ जडान भएको ठाउँमा गाउँ बस्ती नहुँदा रातिको समयमा निल गाई, स्याल, बँदेल लगाएतको जनावरको आक्रमण तथा वर्षा, हुरीबतास, चिसो, घाम पानी आदिबाट किसानलाई जोगाउन मेयर यादवले पाँच वटा किचन बाथरूम, शौचालय सहितको एक तले पक्की भवन समेत निर्माण कार्य थालेका छन्।

यो भवन निर्माण भएपछि नदिपारी खेतिबारी गर्न जाने किसानहरुलाई जनावर, चोर, डाँका र प्राकृतिक प्रकोपबाट जोगाउन ठूलो टेवा पुर्याउने उनले बताए।किसानहरुलाई बस्न बागमती नदी पारी पक्की घर निर्माण गर्ने पहिलो मेयर बैजनाथ प्रसाद यादव हुन् । यो नयाँ कार्यको सुरुवात पनि हो । यस्तो काम अहिलेसम्म रौतहटका कुनै पनि जनप्रतिनिधिले गर्न सकेका छैनन्।

बोरिङ जडान भएपछि अब आफूहरुले चाहेका बेला नै बाली लगाउन पाइने र बालिबाट मनग्य आम्दानी लिन सक्ने भन्दै किसानहरुमा ठूलो आशा जागेको छ। बोरिङ गाडिएपछि समयमै खेती गर्न प्रयाप्त पानीको व्यवस्था हुने छन् ।बोरिङ सञ्चालनमा आएपछि सो क्षेत्रका किसानले पहिले हिउँदे र बर्खेबाली लगाउने गरेकोमा अब बाह्रैमास फरक खेती गर्न पाउनेछन् ।

माधवनारायण नगर प्रमुख यादवको प्रमुख आतिथ्य तथा वडा नं ८ का वडा अध्यक्ष योगेन्द्र प्रसाद कुशवाहाको अध्यक्षतामा भएको बोरिङ उद्घाटन कार्यक्रममा च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्मा, फिल्ड संयोजक जिसी, नगर उप प्रमुख निर्मला देवी, माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव, इन्जिनियर नागेन्द्र यादव, कृषि शाखा प्रमुख अर्जुन दास, नेपाली कांग्रेसका युवा नेता नितेश कुमार गुप्ता, किसानहरू लगाएतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!