वृन्दावनमा नगरपालिकामा ११हजार भोल्ट हाइटेन्शन तारको चपेटामा चालक गम्भीर घाइते

रौतहट,पुस२५गते

रौतहट । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ४ स्थित एक क्रशर उद्योगमा ११ हजार भोल्टको हाइटेन्शन तारको चपेटामा पर्दा एक टिपर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

विहीबार बिहान ८ बजे लु १ त २८४९ नम्बरको टिपर बालुवा झार्ने क्रममा उच्च भोल्टेजको तारको चपेटामा परेको हो। विद्युत प्रवाहको कारण टिपरमा आगलागी भई पूर्ण रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जानकारी दिएको छ।

घटनामा चालक जयप्रकाश सहनी गम्भीर घाइते भएका छन्। उनलाई तत्कालै गरुडास्थित एक निजी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए। उनले उच्च भोल्टेज तारको व्यवस्थापनमा कमजोरी रहेको हुनसक्ने संकेत गरेका छन्।

यो घटनाले औद्योगिक क्षेत्रमा हाइटेन्शन तारको जोखिमपूर्ण अवस्थाको पुनः अवलोकन र व्यवस्थापनको आवश्यकता औंल्याएको छ। सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवाज उठ्न थालेको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!