रौतहट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ

माघ,७गते

रौतहट । रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल-भारत सीमा क्षेत्र नजिक पर्ने ईशनाथ नगरपालिका – ४ को लतमरीबाट सशस्त्र प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी बसन्तपुर ग्रामपञ्चाय – ९का २६ वर्षीय धनञ्जयकुमार झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका गणपति (एसपी) विक्रम हुमागाईँले बताए ।

उनका अनुसार, पक्राउ परेका झाको साथबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जीन १ थान, ७.६७ मि.मि ४ राउण्ड गोली बरामद भएको छ । घटनास्थलबाट विआर ०५ बीडी १२२४ नम्बरको मोटरसाइकल बरामद गरिएको उनले जानकारी दिए ।तीन जना व्यक्ति एक होटेलमा बसेर खाजा खाइरहेको र गतिविधि शङ्कास्पद रहेको खबर पाउन साथ सशस्त्र प्रहरी बलको टोली मठियाबाट खटिएको एसपी हुमागाईँले बताए ।

आइतबार राति साढे ८ बजेको समयमा त्यस पसलमा सशस्त्र प्रहरीको टोली पुग्दा दुई जना भागे पनि हतियार बोकेका एक जनालाई पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले जनाएको छ ।

पक्राउ परेकामाथि आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको रौतहट सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!