वीरगँजको एक तस्करको गोदामा सशस्त्र प्रहरीको छापा, ५१ लाखको समान बरामद

वीरगँज । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको एक टोलीले एक ट्रन्सपोर्टको गोदाममा छापामारी गरि राजस्व छलेर भित्रायाइएको कपडा बरामद गरेको छ ।

नामुद तस्कर तस्कर मदन गुप्ता ऊर्फ रुञ्चेले वीरगञ्ज महानगरपालिका– १० स्थित आदर्शनगरमा सञ्चालन गर्दै आएको जय माँ दुर्गा करियरको गोदाम प्रहरीले छापा मारेको जनाइएको छ । छापमारीबाट लाखौँको अवैध सामग्री बरामद गरेको छ ।

प्रहरीले करिब ५१ लाख रुपैयाँ बराबरको अवैध कपडा र हार्डवेयरका सामान बरामद गरेको जनाइएको छ ।सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको माण्डमा खटिएको टोलीले छापामारी गरि बरामद गरेको सामान आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाएको सशस्त्र प्रहरी बल १३ न। गणका सूचना अधिकारी नरेन्द्र धामीले बताए । स्थानीय प्रशासन तथा केन्द्रीय सत्तामा जस्तो सुकै बदलाव आएपनि मदन रुञ्चेको अनधिकृत कारोबार कहिल्यै अवरुद्ध नभएको जनाएका थिए ।

स्थानीय प्रशासनले तस्करी रोकिएको दावी गरिरहेकै अवस्थामा रुन्चेको गोदाममा गरिएको यो छापामारीले धरै कुरा बोलेको छ । गत वर्षको चैत ८ गते नेपाल प्रहरीले रुञ्चेको यही ट्रान्सर्पोटको गोदाममा छापा मार्दा १८ लाख रुपैयाँभन्दा बढीको अवैध कपडा बरामद गरेको थियो ।

त्यतिबेला रक्सौलबाट कपडा लोड गरेर वीरगञ्जतर्फ आउँदै गरेको अटोलाई प्रहरीले पछ्याएको थियो । दैनिक अटोमा कपडा र अन्य सामान भन्सार छलेर ल्याउने र भण्डारण गरिएको थियो । अनधिकृत कारोबारमा संलग्न रुञ्चेको पहुँच माथिसम्म रहेकोले उनको कारोबार कहिल्यै पनि बन्द नहुने गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!