राैतहटकाे ग्रामीण भेगमा माेटरसाईकिलको आतंकबाट एकजना गम्भीर घाईते

राैतहट,०६ गते फागुन ।
राैतहटकाे ग्रामीण भेगमा माेटरसाईकिल आतंक बढेकाे छ । आज यसकै नमूनाकाे झझल्को दिनेगरी एउटा घटना घटेको छ । जिल्लाकाे वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरीमा चारजना सवार माेटरसाईकलकाे ठक्कर बाट एकजना गम्भीर घाईते भएका छन् ।

दुईवटा अलगअलग माेटरसाईकिलमा गरि आठजना सवार भई ध्वनि आतंक मचाइरहेका थिए । बहुअरी स्थित दलित टाेलमा ती दुईवटा माेटरसाईकिलमा सवार भएकाहरूले माेटरसाईकलकाे अस्वभाविक आवाज निकालि तीन पटक ओहोरदोहोर गरेका थिए ।

ओहोरदोहोर गर्ने क्रममा मंगलबार बेलुकी ६ बजेर ५० मिनेटमा दुई माेटरसाईकिल मध्ये ना ५६ प ९८२५ नम्बर प्लेट भएकाे हाेण्डा साईन माेटरसाईकलकाे ठक्करबाट आफनै घरअगाडी उभिएर रहेका स्थानीय महिन्द्र हजराकाे छाेरा ओमप्रकाश हजरा गम्भीर घाईते भएका छन् ।उनको उपचार गरूडा स्थित एक निजि अस्पतालमा भईरहेकाे पारिवारिक स्राेतले जानकारी गराएको हाे ।

साे माेटरसाईकिलमा सवार ४ जना मध्ये चालक सचिन साह,अनिल साह,मुना यादव,रोहित कुमार यादव रहेको प्रत्यक्षदर्शी वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवानले जानकारी गराएका हुन् ।माेटरसाईकल छाेडी चारैजना फरार भएका छन् । स्थानीयहरूले बाईकलाई आफनाे नियन्त्रणमा लिई प्रहरी चाैकी बिर्ताकाे जिम्मा लगाएका छन् ।

अर्काे बाईक एसपि साइनमा सवार चारजना रत्नेश यादव, निराेज यादव,चन्दन पाल,रन्जेश यादव बाईक सहित फरार भएको उनको भनाइ छ । दुवै गाडिमा सवारहरूले हुटिङ्गहरू गर्दै र सिटि बजाउँदै माेटरसाईकिल चलाईरहेका थिए । यसरी माेटरसाईकल आतंक मच्चाउनेहरूमाथि हदैसम्मकाे कार्यवाही गर्न स्थानीयहरूले प्रहरी प्रशासन सँग माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!