जिल्ला प्रहरी कार्यालय पर्साले साढे ११ किलो लागुऔषधसहित एक जना पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागुऔषध चरेश जस्तै देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट नजिक प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले एक जना महिलालाई पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ बुनियाद घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बसपार्कमा कोठा भाडामा बस्ने ३० वर्षीय आरती यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुबास भट्टले बताए ।

उनकाअनुसार आरतीले बोकेको झोलामा रातो रंगको ग्यालेनभित्र प्लाष्टिकमा सानो सानो पोकामा लुकाई छिपाई राखिएको लागुओषध चरेश जस्तो देखिने पदार्थ ११ किलो ४ सय ग्राम बरामद भएको हो ।
उक्त पदार्थसहित आरतीलाई नियन्त्रणमा लिएर लागुओषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!