दलित समुदायको अधिकारका लागि रौतहटबाट ´´दलित जागरण अभियान“सुरु।

फागुन,१०गते

रौतहट। दलित समुदायको अधिकारका लागि दलित जागरण अभियान सुरु हुने भएको छ। शनिबार दलित संघर्ष समिति रौतहटको आयोजना तथा मधेसी दलित गैर सरकारी संस्था महासंघको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो।

रौतहटको गौर स्थित साइमन होटेलको सभाहलमा आयोजित सो कार्यक्रमबाट मेची देखि महाकाली सम्मका दलित समुदाय माथि भईइरहेको अन्याय,अत्याचार र जातिय  भेदभावको घटनाको साथै दलित चेलीबेटी माथिको बलात्कारका घटनाहरु नियन्त्रण र अपराधी लाई कारबाहीको माग गर्ने तथा हरेक ठाउँमा दलित समुदायको प्रतिनिधित्व बढाउने उदेश्यले सो अभियान सुरुहुने भएको छ।

देशमा दलितको संख्या साठी लाखको हाराहारीमा हुदाहुदै दलितहरु कुनै पनि ठाउँमा सुरक्षित न रहेको र देश जातिय छुवाछूत मुक्त घोषणा भएको वर्षौं बितिसक्दा पनि  जातिय भेदभाव तथा छुवाछूत सम्बन्धि अपराधका घटनाहरु घटनुको सट्टा अझै बढ्दै गइरहेको र दलित माथि विभिन्न प्रकारका अन्याय अत्याचार अझै पनि थपिदै गइरहेकोले अबको केही दिनमै आइरहेको “जातीय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस”लाई उत्सवको रुपमा मनाउनुको सट्टा बहिष्कार गरेर बिरोध गर्ने निर्णय गरेको छ।

त्यसैगरी सिरहाको रिंकु सदामाथि भएको सामुहिक बलात्कारको दोषीमाथि कडा कारबाहीको माग गर्न यही फाल्गुन १२ गते जिल्ला प्रसाशन कार्यालय रौतहटमा पनि ज्ञापनपत्र समेत बुझाउने निर्णय गरेको छ।

उक्त कार्यक्रमको अध्यक्षता दलित संघर्ष समिति रौतहटका अध्यक्ष  सोनेलाल रामले गर्नुभएको थियोे भने प्रमुख अथितिमा मधेशी दलित गैर सरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवान रहेका थिए। त्यसैगरी विशिष्ट अथितिमा दलित विकास समिति मधेस प्रदेश का सदस्य राजकुमार दास,दलित अधिकारकर्मी मटुक पासवान, पुनित राम र गिता पासवान रहेका थिए भने अथितिहरुमा(DCDC) का अध्यक्ष उदय नरायण राम,मिसन साक्षरका अध्यक्ष शिवशंकर पासवान,(CDDC)का अध्यक्ष सुब्बा साहेब हजारी,कानुनी सल्लाहकार अधिवक्ता सोनालाल पासवान र राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष राजेश पासवान लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको साथै विभिन्न दलित अधिकार कर्मीहरुको समेत उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!