रौतहट,१३ गते फागुन
रौतहट । रौतहटमा मिटर ब्याज पिडितहरुले जग्गा कब्जा गरेका छन् । जिल्लाको चन्द्रपुरमा मिटर ब्याज बाट पिडित भइ जग्गा लिलाम गराइएका दुुइ जनाको जग्गालाइ मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन भोजपुरा कमाण्ड अन्तर्गत कार्यकर्ताहरुले आज जग्गा माथि कब्जा जमाएका हुन् ।
सैयोंको सख्यामा गएका मानिसहरुले पिडित जग्गाधनीहरु क्रमशः डिल्ली कुमारी कार्की र अर्जुन प्रसाद फुुयालको जग्गालाइ कब्जा जमाउन लगाएका हुन् । कार्कीका साहु गौरका राधेश्याम साहले १ लाख रुपैयाँ दिएको र सोको ऐवजमा लाखौंको मूल्य पर्ने एक कठ्ठा जग्गा लिलाम गराएको मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन भोजपुरा कमाण्ड अन्तर्गत रौतहट अध्यक्ष शिवशंकर महतोले बताएका हुन् ।
त्यस्तै अर्का पिडित फुयालको २० लाख रुपैयाँ ऋण दिएको र सोको ऐवजमा करोडौंको मूल्य पर्ने ७ कठ्ठा जग्गा रामबाबुु साह कलवारले लिलाम गराएको महतोले बताए । ती दुवैजनाको बारेमा प्रहरी प्रशासनलाइ जानकारी गराउँदा पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आफूहरुलाइ जग्गा कब्जा गर्नुुपरेको बताए ।
जमीन कब्जा गर्नुु अघि उनीहरुले चन्द्रपुरमा नारावाजी गर्दै प्रर्दशन पनि गरेका थिए । प्रर्दशनका क्रममा उनीहरुले मिटर ब्याजी साहुलाइ जेल हाल ! किसानको भूमि फिर्ता गर ! तमसुक जाली खारेज गर ! अदालतको एकलौटी फैसला मान्दैनौं ! किसान मजदुर जिन्दावाद लगायतका नाराहरु लगाएका थिए ।
जग्गा कब्जा गर्ने क्रममा उनीहरुले झण्डा र बैनर पनि गाडेका हुन् । बैनरमा उनीहरुले “मिटरब्याजी साहुुले अपराधिक कृत्यद्धारा पीडितबाट हडपिएको यस जग्गा घर÷कब्जा गरि आजैको मितिदेखि पीडितको भोगचलन सुनिश्चित गरिएको छ ।
तत्काल यसको किनबेच तथा हकहस्तान्तरणमा रोक लगाइएको ब्यहोरा सार्वजनिक जानकारीका लागि टाँस गरि सचेत गराइएको उल्लेख रहेको छ । ”मिटर ब्याज पिडितको सो समूहले ४० दिने जन जागरण अभियान सञ्चालन गरिरहेको अध्यक्ष महतोको भनाइ छ । जस अन्तर्गत घर जग्गा कब्जा,सामूहिक जाहेरी दर्ता,जिल्ला प्रशासन कार्यालय र आदालत घेराउ जस्ता कार्यक्रमहरु राखेको उनले जानकारी गराएका हुन् ।



