रौतहटको गौर राईस मिलको जग्गा बेच्ने निर्णय फिर्ता लिन २४ घण्टे अल्टिमेटम

रौतहट,फाागुन,२१गते

रौतहट । रौतहट गौरका स्थानीयले गौर नगरपालिकाले राइस मीलको विषयमा गरेको निर्णय बदर गर्न माग गरेका छन् । गौर नगरपालिकाको कार्यपालिकाले रातारात बन्द कोठाबा गौर राईस मिलको मैदान बिक्रि गर्ने गरेको निर्णयप्रति त्यस क्षेत्रका नागरिकले आपत्ती जनाएका हुन् ।

गौर राईसमिल बचाउ अभियान सञ्चालन गरेर नगरपालिकाको विरुद्धमा बुधवार स्थानीयले प्रदर्शन गरेका छन् । जनताको अहित हुने र नगर प्रमुखसहित केहि जनप्रतिनीधिको व्यक्तिगत स्वार्थपूर्तिका लागि गरिएको निर्णय मान्य नहुने अभियानले बुधवार नगर प्रमुखलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

गौर राईस मिल मैदानको जग्गा एक ईन्च पनि कुनै भूमाफियालाई नदिने गरी २४ घण्टाभित्र यसअघि गरेका निर्णय बदर गर्न पनि अल्टिमेट दिइएको छ ।

राईस मिल मैदान बिक्रि गर्ने निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ । जनताको चाहना विपरीत चालिएको कदमको प्रतिकारमा हुन जाने सम्पूर्ण क्षतिको जिम्मेवार गौर नगरपालिका र नगर प्रमुख स्वयम हुनुपर्ने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!