मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल सुरु गर्न पूर्व मन्त्री सिंहको आग्रह 

जेठ २ गते 

रौतहट ,नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति एवम पूर्व स्वास्थ्य मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले आफू स्वास्थ्य मन्त्री भएको बेला मधेश प्रदेशका अधिकांश जिल्लाको पालिकामा आफू १७ महीने मन्त्री भएको बेला 

आ.व. ०८०/ ०८१ मा भएको निर्णय  ५० बेड र १०० बेडको अस्पतालहरुको सञ्चालन गर्ने निर्णय कार्यब्यनमा मधेश प्रदेश सरकार गैर जिम्मेवारी तथा स्वास्थ्य जस्तो संबेदनसिल बिषयमा  लापरबाही गरिरहेको समयमा सचेत हुन आग्रह गर्दै र 

सञ्चालन गर्ने निर्णय गरी त्यसको लागी आवश्यक जनशक्तिको अस्थायी दरबन्दी कायम गरी विज्ञापन गरेर जनशक्ति छनौट समेत भई सक्दा पनि उक्त अस्पतालहरू मन्त्रालयको लापरबाहीका कारण अहिले सम्म सञ्चालन हुन नसकेको र  अनियमित र अस्पताल सञ्चालन नगर्ने मनसायले गैर कानुनी रूपबाट स्वीकृत दरबन्दी अनुसारको कर्मचारी सम्बन्धित अस्पतालमा न पठाई अन्यत्र पठाएकोले उक्त अस्पतालहरूमा दरबन्दी अनुसारको जनशक्ति पठाई यथाशीघ्र अस्पताल सञ्चालन गराई दिन माननीय मुख्यमन्त्री ज्यु र माननीय स्वास्थ्य मन्त्री ज्युलाई ध्यानाकर्षण पत्र उल्लेख गरिएको छ। पुर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलको उप नेता  प्रदेश सांसद बिरेन्द्र प्रसाद सिंहले मुख्य मन्त्री सतीश कुमार सिंह तथा स्वास्थ्य मन्त्री सत्रुधन सिंहलाई  छुट्टाछुट्टै भेटेर ज्ञापनपत्रसमेत बुझाएका हुन । 

मधेश प्रदेश सरकार पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र सिंह हुँदा मधेश प्रदेश भरीका आम नागरिक बीच लोक प्रिय भएका थिए। अहिले पनि आम जनताको लागि अहोरात्रसम्म काम गर्दै आईरहेको मा वीरेन्द्र प्रसाद सिंहको स्वकीय सचिव निकेश त्रिपाठीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!