सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा टोकन प्रणाली लागू

रौतहट : जिल्ला प्रशासन कार्यालय रौतहटले सोमबारबाट कार्यालयमा विद्युतीय टोकन प्रणालीको सुरुवात गरेको छ। सेवा लिन आउने सेवाग्राहीलाई छिटो छरितो र सहज रूपमा सेवा दिने उद्देश्यका साथ कार्यालयले विद्युतीय टोकन प्रणाली लागू गरेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताए।

घन्टौं लाइन बस्नुपर्ने सेवाग्राहीको सुविधाका लागि टोकन प्रणाली ल्याएका हौं। यसले सबैलाई समान किसिमले सेवा दिने वातावरण मिलाउन र सेवालाई व्यवस्थित, प्रविधिमैत्री तथा प्रभावकारी बनाउने छ,’ अधिकारी खड्काले भने।

जिल्ला प्रशासनमा सबैभन्दा बढी सेवाग्राहीको चाप नागरिकता शाखा, प्रतिलिपि शाखा, राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखामा कार्यालय खुल्नासाथ सेवाग्राहीहरुको लामो घुइँचोलाई समेत यस विद्युतीय प्रणालीले कम गर्ने सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीले बताए। सोमबारदेखि सुरु भएको विद्युतीय टोकन प्रणालीमा पहिलो टोकन नयाँ नागरिकता लिन कार्यालयमा आएकी परोहा नगरपालिका-३ बस्ने सिता कुमारीले लिएकी थिइन।

सुरुमा दिउँसो १ बजेसम्म मात्र टोकन लिने सुविधा रहने व्यवस्था मिलाइएको प्रशासन शाखाका नायब सुब्बा रामनरेश साहले बताए। नयाँ नागरिकता शाखा, नागरिकता प्रतिलिपि शाखा, राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखामा हाल दैनिक करिब २०० जनाले सेवा लिने गरेको सुब्बा साहले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!