बारामा बलात्कारको घटना मिलाउने दुईजना वडाअध्यक्ष पक्राउ

जेष्ठ ३१ गते

बारा। बाराको सिम्रौनगढ र बारागढी गाउँपालिका – बारामा दुई अलग-अलग बलात्कार घटनामा मिलापत्र गराउन दबाब दिएको आरोपमा सिम्रौनगढ नगरपालिका–३ का वडाध्यक्ष ऐतुउल्लाह अन्सारी र बारागढी गाउँपालिका–६ का कार्यवाहक वडाध्यक्ष रामेश्वर पडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिम्रौनगढमा १४ वर्षीया बालिकामाथि २० वर्षीय युवकद्वारा बलात्कार भएको आरोप छ भने बारागढीमा शारीरिक अशक्तता भएकी महिलामाथि यस्तै घटना भएको परिवारले दाबी गरेका छन्।

दुवै घटनामा वडाध्यक्षहरूले पीडित परिवारलाई दबाब दिँदै पीडकलाई उन्मुक्ति दिन मिलापत्र गराउन खोजेको आरोप लागेको हो। प्रहरीले दुवै जनालाई बिहीबार दिनभर नियन्त्रणमा लिएर सोधपुछपछि हाजिर जमानीमा छोडेको छ।

प्रहरीका अनुसार बलात्कारका आरोपित युवक र उनीहरूको परिवार फरार छन् भने अनुसन्धानपछि दोषी ठहरिए जोकोहीमाथि पनि कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!