रौतहटको देवाही गोनाही नगरपालिका नगर प्रमुख पटेललाई यसरि फ़साइए

बचेलाल बैठा
२० फाल्गुन २०७८
गत आइतवार साझ हुदा सम्म सामाजिक संजाल लगायत बिभिन्न संचार माध्यममा देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल पक्राउ परेका खबरहरु सार्वजनिक भयो l अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक टोलीले कमिसन बापतको भनिएको करिब ५ लाख रकम सहित नगर प्रमुख धर्मेन्द्र पटेललाई रंगेहात पक्राउ गरेको खबरहरु सार्वजनिक हुन् साथ् जिल्ला भरि सनसनी फैलियो l

पक्राउ पर्नेमा उनि संग वहाको सहयोगी अशोक पटेल र नगरपालिकामा कार्यरत दुई जना कर्मचारीहरु मुकेश पटेल र प्रदिप यादव रहेको कुरा बाहिरियो l उनि पक्राउ परेको खबरहरु सार्वजनिक हुनसाथ उनीहरुले कसैले फसाएको हुन् सक्ने भन्ने कुरा पनि फैलिएको थियो l

कतिपयले उनलाई सोहि नगरपालिकाका वार्ड नम्बर १ का वार्ड अध्यक्ष नुरुल्लाहले फसाएको टिप्पणीहरु पनि गरे l एक जना प्रत्यक्षदर्सिले घटना पुर्व तैयारी र सुनियोजित तरिकाले भएको जस्तो देखिएको बताएको छ l घटना भएको din नगर प्रमुख पटेल गौरमा रहेको जनता समाजवादी पार्टि को कार्यालयमा काम सकेर मध्याह्न पछि कार्यालय पुगेको थियो l उनले नगरपालिकाको लागि निर्माणाधिन अवस्थामा रहेको कार्यालय भावनामा कार्यालय सार्न चाहेको थिए l सोहि सन्दर्भमा उनले सम्बन्धित ठेकेदार लगायतकाहरु संग करिब २ घण्टा छलफल समेत गरेका थिए l पछि उनि कार्यालयमा पुग्दा भिडभाड बढिसकेको थियो l

प्रत्यक्षदर्शी अंकित पटेलले घटना बारे बताउदै घटना योजनावद्ध तरिकाले भएको दावी गरे l उनले कार्यालय सार्ने विषयमै कुरा गर्न योजना शाखा प्रमुख मुकेश पटेल र लेखा शाखा प्रमुख प्रदिप यादवसंग छलफल गरिरहेको अवस्थामा नै एक जना युवकले रकम र सोहि वार्डमा निर्माण भएको वार्ड कार्यालय भवनको फाइल नगर प्रमुख पटेलको टेवलमा राखेर गएको बताए l युवकले फाइल र रकम राख्ने बितिक्कै अख्तियारको टोलीले छापा हानेको र नगर प्रमुख संगै छालफल गर्दै गरेको अवस्थामा लेखा प्रमुख सहितका व्यक्तिहरुलाई पक्राउ गरेको बताए l उनले नगर प्रमुख पटेलले पैचो दिएको रकम मांगदा फ़साइएको दावी गरेका छन् l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!