राैतहटमा लैङ्गिक हिंसा, बालविवाह तथा दाईजो प्रथा राेकथाम सम्बन्धि सडक नाटक सम्पन्न

पछिल्लाे समाचार

राैतहट, मंसिर २० गते
राैतहटमा किशाेर किशोरीहरुकाे समग्र विकाशकाे लागि रुपान्तरण लैङ्गिक हिंसा बाल बिवाह तथा दाईजो प्रथा राेकथाम सम्बन्धि सडक नाटक कार्यक्रम सम्पन्न भएकाे छ ।

पराेहा नगरपालिका -१ जिंगडवा ,बाैधिमाई नगरपालिका -४ ईनरवारि बजारमा र राजपुर नपाकाे राजपुरमा समेत सडक नाटक गरि त्यस्ता बिकृति नफैलनकाे लागि सडक नाटक गरिएकाे छ ।

नेपालमा किशोर किशोरीहरुमा हुने भेदभाव र याैन साेशन राेकथाम गर्नकाे लागि र मधेश प्रदेशमा हुने बाल बिवाह न्युनिकरण गर्न र दाईजो प्रथा राेकथाम गर्नका लागि सडक नाटक लगभग राैतहटकाे अधिकांश पालिकामा चलिरहेकाे छ ।

मधेश प्रदेशमा खासगरि हुने दाईजो प्रथा मुख्य सम्स्या रहेका छन् । याे प्रदेशमा दाईजाे लिने र दिने दुबैलाई दन्डनिय व्यवस्था भएपनि बिना दाईजोकाे बिहे नहुने समेत याे प्रदेशमा त्यस्ता चलन रहेका छन् । बाल बिवाह गराउने पंडित,माेलवि र अगुवाहरुलाई १ साल कैद र १००० रुपैया समेत गरिवाना हुने भएपनि अधिकंश अभिभावकहरुले आफ्ना छाेराछाेरिहरुलाई बाल बिवाह समेत गरिरहेका छन् ।

साे कार्यक्रम भिएसओ,युकेआईडि,यूएनएफपिए काे आर्थिक सहयोग र आसमान नेपालकाे आयाेजनामा राेकथाम गर्नका लागि ठाउँ ठाउँमा सडक नाटक गरि जनचेतना फैलाईरहेकाे असमान नेपालका पिसिओ जमुना श्रेष्टले जानकारि गराएकि छिन् । कार्यक्रममा युवा, महिला, जनप्रतिनिधि ,संस्थाका कर्मचारी गाउँका भद्रभलादमी लगाएत सयाैंकाे उपस्थित रहेकाे थियाे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!