रौतहटको राजपुर नगरपालिका ६ मा नेपाली कांग्रेस विजयी

रौतहट २०८१ मंसिर १७ गते

रौतहटको राजपुर नगरपालिका–६ मा नेपाली कांग्रेस विजयी भएको छ । ७ सय ४४ मतसहित कांग्रेसका समसे आलम निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार यहाँ नेकपा माओवादी केन्द्रका जिकरुलाह ४ सय ६३ मतसहित दोस्रो स्थानमा छन् ।

त्यस्तै, नेकपा एमालेका मोहम्मद नसिम अख्तरले ४ सय ३१ मत प्राप्त गरेका छन् ।

यहाँ अघिल्लो निर्वाचनमा पनि कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेसका शेख मोजरे आलम निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!