रौतहट ०७,माघ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ५ स्थित अरुण आयल स्टोर्स अगाडि सार्वजनिक बाटोमा मोबाईल चोरी गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
मध्यरातमा रौतहट माधवनारायण नगरपालिका वडा नं. १, दिपही टोलका हेमचन्द्र राय यादव मोबाईलमा कुरा गरिरहेका बेला चन्द्रपुर नगरपालिका वडा नं. ४, पैनी टोलका किसन साहले पछाडिबाट आएर झापडले हिर्काउँदै लछारपछार गरी मोबाईल लुटेका थिए। लुटिएको मोबाईल उनले चन्द्रपुर नगरपालिका वडा नं. ४ मा बस्दै आएकी काली मनिसा उर्फ सोनम साह कलवारलाई दिएका थिए।
घटनापछि दुबै जना फरार भएका थिए। प्रहरीको सक्रिय अनुसन्धानबाट उनीहरूलाई मोबाईलसहित पक्राउ गरिएको छ। हाल उनीहरूलाई सम्मानित अदालतबाट म्याद थप गरी चोरी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले सर्वसाधारणलाई यस्ता घटनाबाट सतर्क रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त जानकारी दिन आग्रह गरेको छ।