राैतहट २४ माघ
राैतहटमा अदालतकाे फैसलाप्रति असन्तुष्टि जनाउदै पिडित पक्षले जिल्ला अदालत राैतहटमा धर्नामा बसेका छन ।पसलमा उधारो सामान नदिएको रिसिबिको कारण २०७६ असार ४ गते राती १० बजे बिनोद गुप्तालाई गाउँका एक समूहले निर्घात कुटपिट गरेको थिए । कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेका विनोदको उपचारको क्रममा नेशनल मेडिकल कलेज बीरगंजमा ६ दिन पछि असार १० गते मृत्यु भएको थियो । मृत्यु लगत्तै मृतकको भाई राजन गुप्ता र उनको श्रीमति अनिता देवीले दिएको जाहेरीको आधारमा नाबालक निखिल सिंह , विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहित कुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडाबाबु सिंह र रामविनोद सिंह माथी तत्कालै जिल्ला प्रहरी कार्यालय रौतहटमा कर्तब्य ज्यान मुद्दा दर्ता भएको थियो ।
रामकिशोर सिंह र रामविनोद सिंह, निखिल कुमार सिंहलाई केही १ बर्ष अघी प्रहरीले पक्राउ गरी कारबाहीको लागि जिल्ला अदालत रौतहटमा मुद्दा पेस गरेको थियो । अदालतले अभियुक्त मध्ये एक जना नाबालक १३ बर्षीय निखिल कुमार सिंहलाई तत्काल सुधार गृह बिरगंज र पछि अभिभावकको जिम्मा लगाएको थियो ।
अन्य २ जना रामकिशोर सिंह र रामविनोद सिंहलाई तत्काल जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको थियो । धरौटीमा छुटेर तारेखमा रहेका अभियुक्त रामकिशोर सिंह र रामाबिनोद सिंहलाई माघ २० गते आईतवार जिल्ला अदालतमा रौतहटमा पेस गर्दा जिल्ला न्यायधिस मनोज केसीको ईजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाईको फैसला सुनाएको थियो ।
फैसलाको माघ २१ गते सोमवार देखी पिडित पक्षको जाहेरीवाला राजन गुप्ता र मृतकको श्रीमती अनिता देवी सपरिवार समर्थक सहित आन्दोलित भएका छन । भाईको हत्या गरेको व्यक्तिलाई सफाई दिएकोमा आफु मर्माहित भएको भन्दै न्याय नपाएसम्म आन्दोलन जारी रहने गुप्ता परिवारले अडान लिएकाे छ । न्यायको लागि आफूहरु आन्दोलित हुँदा सरुअठा गाउँका सिंह थरका केही ब्यक्तिहरुले पटक पटक धम्की दिइरहेको मृतकका भाई राजन गुप्ताले तराई पाेष्टसंग बताएका छन ।उक्त घटनाका अन्य ४ जना आरोपी भन्ने हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।



