गृहमन्त्रीको राजीनामा माग्दै रौतहटका दलित अधिकारीकर्मीद्वारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै  रौतहटका दलित अभियन्ताहरूले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालय काठमाडौँ र मुख्यमन्त्री तथा मन्त्रि परिषद् कार्यालय जनकपुरलाई ज्ञापन पत्र बुझाएको छ।

गृहमन्त्री लेखकले अन्तरजातीय बिहे गर्ने दलित युवामाथि अत्याचार गरेको भन्ने घटना बाहिर आए लगत्तै सोको विरुद्धमा हरेक जिल्ला- हरुबाट बिरोध,प्रदर्शन तथा हरेक जिल्लाका प्रमुखलाई ज्ञापन पत्र बुझाएर सरकारलाई चेतावनी दिने कार्य भइरहेको छ।

सोही क्रममा सोमबार रौतहटका दलित अधिकारकर्मीहरुले जिल्ला प्रसाशन कार्यालय पुगी, प्रमुख जिल्ला अधिकारीलाई सो ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्रमा अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति  रहेता पनि व्यवहारमा लागू न भएको भन्दै, सर्लाहीको बरहथवा नगरपालिका– ४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा- ५ की नेहा रौनियारलाई अन्तरजातीय प्रेमविवाह गरेकै कारण गृहमन्त्री र उच्च प्रहरी अधिकारीकै संलग्नतामा ज्यादती गरिएको र विवाह दर्तासमेत गरिसकेका उनीहरूको सम्बन्ध तोड्न राज्य शक्तिको दुरुपयोग भएको  उल्लेख छ। 

ज्ञापनपत्र बुझाउनु भन्दा अगाडि अभियन्ताहरुले दलित नागरिक माथि हुने जातीय भेदभावको अन्त्य गर्न सरकार गम्भीर बनोस्, अन्तरजातीय विवाह गर्नेहरूमाथि सबै खालको भेदभाव बन्द गरियोस्,दलित हिंसा गर्ने गृहमन्त्रीलाइ कारवाही गर,दलित हिंसा गर्ने गृहमन्त्री राजीनामा दे,जस्ता नारावाजीका साथ गौर परिक्रमा गर्दै, अभियन्ताहरु जिल्ला प्रसाशन कार्यालय पुगेका थिए।

उक्त कार्यक्रमको संयोजकत्व दलित सङ्घर्ष समिति रौतहट संयोजक सोनालाल रामले गरेका थिए भने,सो ज्ञापन पत्र बुझाउने क्रममा वरिष्ठ दलित अधिकार कर्मी मटुक पासवान,अवधनरायण राम,उदयनरायण राम,जयमंगल पासवान,सुब्बा साहेब हजारी,दलित महिला अधिकारकर्मी किरण पासवान र विवेक पासवान लगायत सयौं दलित अभियन्ताहरुको उपस्थिति रहेको थियोे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!