रौतहट, फागुन,१५गते
रौतहट । रौतहटको सदरमुकाम गौरमा वर्षौंदेखि विना दर्ता सञ्चालनमा रहेका निजी अस्पतालहरू खुलेआम गैरकानुनी रूपमा विरामीहरूको शोषण गरिरहेको पाइएको छ। सरकारी नियमनकारी निकायको लापरवाही र मौनताकै कारण यी अस्पतालहरूले ऐन- कानुनको उल्लङ्घन गर्दै स्वास्थ्य माफियाको रूपमा गोरखधन्धा चलाइरहेका छन्।
गौर नगरपालिकाका विभिन्न वडामा तैयब हेल्थ केयर, तैयब मेडिकेयर होस्पिटल प्रा.लि., डा. तैयब मेमोरियल होस्पिटल प्रा.लि., गौर सेन्ट्रल होस्पिटल, शेख इद्रिश मेमोरियल होस्पिटल प्रा.लि., दिव्याँश अस्पताल लगायतका करिब एक दर्जनभन्दा बढी निजी अस्पतालहरू बिना कानुनी मान्यता सञ्चालनमा रहेको तथ्य सार्वजनिक भएको छ।
गौर नगरपालिका स्वास्थ्य संयोजक दिनबन्धु यादव का अनुसार नगर क्षेत्रमा १८ वटा स्वास्थ्य सेवा प्रदान गर्ने संस्था मात्र दर्ता छन्, जबकि तैयब समूहका तीनवटा अस्पताल, गौर सेन्ट्रल अस्पतालसहित करिब एक दर्जन अस्पतालहरू विना दर्ता सञ्चालनमा छन्। यादवले बिना दर्ता सञ्चालन भइरहेका अस्पतालहरूलाई कानुनी दायरामा ल्याउन छापा मार्ने तयारी गरिरहेको जानकारी दिएका छन्।
गत शनिबार गौर नगरपालिका-३ का १८ वर्षीय लालु अधिकारी (यादव) को गौर सेन्ट्रल अस्पतालमा शल्यक्रिया क्रममा मृत्यु भएको थियो। प्रारम्भिक उपचारका लागि प्रादेशिक अस्पताल गौर पुगेका अधिकारीलाई डा. पंकज साह र डा. फिरोज अन्जुमले गौर सेन्ट्रल अस्पतालमा उपचार गराउने बहानामा लगेका थिए।
तर शल्यक्रिया क्रममा युवकको मृत्यु भएपछि केहीबेर हंगामा मच्चिए पनि पीडित परिवारलाई शान्त पारेर घटना दबाइएको देखिन्छ। सबैभन्दा गम्भीर प्रश्न यो उठ्छ कि – युवकको मृत्यु अस्पतालमा हुँदा पोष्टमार्टम गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने थियो, तर किन भएन?यसबारे स्थानीय प्रशासन मौन छ। प्रहरी प्रशासनले कुनै कारबाही नगर्नु, मृतकको बिना पोष्टमार्टम अन्त्येष्टि गरिनु, तथा सम्बन्धित निकायहरूको बेवास्ताले स्वास्थ्य माफियाहरूको प्रभाव झनै उजागर गरिदिएको छ।
गौरमा वर्षौंदेखि विना दर्ता सञ्चालनमा रहेका यी अस्पतालहरू सरकारलाई लाखौँ राजस्व नबुझाई सञ्चालनमा छन्। गौरमा पहिले तैयब नरसिङ होमका रूपमा गैरकानुनी रूपमा सञ्चालनमा आएको अस्पताल अहिले दोस्रो पुस्तासम्म आइपुग्दा पनि उही अवैधानिक तरिकाले सञ्चालन भइरहेको छ।
स्थानीयहरूका अनुसार, यी अस्पतालहरूले विरामीहरूलाई लुट्ने, गलत औषधि तथा परीक्षण गराएर अनावश्यक खर्च गराउने, तथा उपचारका नाममा खेलबाड गर्ने गरेको पाइएको छ। तर, गौर नगरपालिका र सम्बन्धित निकायहरूले लामो समयदेखि मौनता साँधेकाले यी गैरकानुनी अस्पतालहरूको बिगबिगी झन् बढ्दै गएको छ।
रौतहट सदरमुकाम गौरमा विना दर्ता अस्पतालहरूबाट विरामी ठगिंदै गर्दा प्रदेश २ का मुख्यमन्त्री सतिशकुमार सिंहको एक्सन कता हरायो? अहिले यो गम्भीर प्रश्न उठिरहेको छ। सिंहले पटकपटक स्वास्थ्य क्षेत्र सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे पनि अवैधानिक अस्पतालहरूविरुद्ध कुनै ठोस कदम चालिएको देखिँदैन।यसबारे स्थानीय प्रशासन मौन छ। प्रहरी प्रशासनले कुनै कारबाही नगर्नु, मृतकको बिना पोष्टमार्टम अन्त्येष्टि गरिनु, तथा सम्बन्धित निकायहरूको बेवास्ताले स्वास्थ्य माफियाहरूको प्रभाव झनै उजागर गरिदिएको छ।
गौरमा वर्षौंदेखि विना दर्ता सञ्चालनमा रहेका यी अस्पतालहरू सरकारलाई लाखौँ राजस्व नबुझाई सञ्चालनमा छन्। गौरमा पहिले तैयब नरसिङ होमका रूपमा गैरकानुनी रूपमा सञ्चालनमा आएको अस्पताल अहिले दोस्रो पुस्तासम्म आइपुग्दा पनि उही अवैधानिक तरिकाले सञ्चालन भइरहेको छ।
स्थानीयहरूका अनुसार, यी अस्पतालहरूले विरामीहरूलाई लुट्ने, गलत औषधि तथा परीक्षण गराएर अनावश्यक खर्च गराउने, तथा उपचारका नाममा खेलबाड गर्ने गरेको पाइएको छ। तर, गौर नगरपालिका र सम्बन्धित निकायहरूले लामो समयदेखि मौनता साँधेकाले यी गैरकानुनी अस्पतालहरूको बिगबिगी झन् बढ्दै गएको छ।
रौतहट सदरमुकाम गौरमा विना दर्ता अस्पतालहरूबाट विरामी ठगिंदै गर्दा प्रदेश २ का मुख्यमन्त्री सतिशकुमार सिंहको एक्सन कता हरायो? अहिले यो गम्भीर प्रश्न उठिरहेको छ। सिंहले पटकपटक स्वास्थ्य क्षेत्र सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे पनि अवैधानिक अस्पतालहरूविरुद्ध कुनै ठोस कदम चालिएको देखिँदैन।



