रौतहट २८ भदौ । रौतहटको गढीमाई नगरपालिकाले सन्तोषजनक काम सम्पन्न भएका योजनाहरुको मात्र भुक्तानी दिने भएको छ । आर्थिक बर्ष २०७७÷७८ मा सञ्चालनमा रहेका विभिन्न किसिमका विकास निर्माणका योजनाहरुको सोमबार अनुगमन गर्नु हुदै सन्तोषजनक कार्य सम्पन्न भएका योजनाहरुको मात्र भुक्तानी दिने गढीमाई नगरपालिकाका लेखा अधिकृत कामेश्वर सहनीले बताउनु भयो ।
गत आर्थिक बर्षको साना ठुला सबै किसिमका योजनाहरुको अनुगमन गरिसकेपछि मात्र सन्तोषजनक काम भएका योजनहरुको भुक्तानी प्रक्रिया अगाडी बढाउने र सन्तोषजनक काम नभएका योजनाहरुको भुक्तानी प्रक्रिया नै रोकिने उहाले बताउनु भयो । गढीमाई नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा अनुगमन टोली गठन गरेको र अहिले अनुगमनको कार्य तिब्र रुपमा गरिएकोले अनुगमन सकिएपछि भुक्तानीको प्रक्रिया अगाडी बढाइने निमित्त प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र साहले बताउनु भयो ।
अनुगमनको क्रममा सन्तोषजनक काम नगर्ने भुक्तानी नदिने र योजना सकारेका सम्बन्धित ब्यक्ति कारवाही गर्नुका साथै जरिवाना समेत असुल्ने नगर प्रमुख श्याम यादवले बताउनु भयो ।