बचेलाल बैठा २०७८भदौ २९ गते
रौतहटको ईशनाथ नगरपालिका १७२ जना किशोरीहरुलाई विभिन्न शैक्षिक सामग्रीहरु वितरण गरेको छ । युनिसेफ नेपालद्धारा सञ्चालित किशोरी शिक्षा कार्यक्रम अन्र्तगत अध्ययन गरेका १७२ जना किशोरीहरुलाई ब्याग , औजार बक्स , पेन्सिल , ईलाजर , नेल कटर , स्कुल ड्रेस १ सेट , टावेल , १ दर्जन कापी लगायत दैनिक उपयोगका सामग्री मंगलबार वितरण गरेको हो । विद्यालय उमेर समुहका किशोरीहरु विभिन्न कारणले विद्यालय छोडेका र उनीहरुलाई पनि शिक्षणको आवश्यकता रहेकाले युनिसेफ नेपालले सो सामग्रीहरु वितरण गरिएको युनिसेफका रौतहट निर्देशक छविलाल पटेलले जानकारी दिनु भयो । रौतहट लगायत तराईका जिल्लाहरुमा विद्यालय उमेर समुहका किशोरीहरु अत्याधिक रुपमा विद्यालय बाहिर रहेकाले उनीहरुलाई शिक्षाको उज्यालो ज्योतीबाट बञ्चित गराउन नहुने बताउनु हुदै नगरपालिकाले पनि प्राथमिकतामा राखेको नगर प्रमुख सन्तोष मेहताले बताउनु भयो । सामग्री वितरण कार्यक्रममा नगर प्रमुख मेहता , उपप्रमुख हुसनेआरा खातुन , प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ता , युनिसेफ रौतहटका निर्देशक छविलाल पटेल , ईशनाथ नगरपालिका युनिसेफका सुपर भाईजर शेख जमालुदीन लगायत किशोरी शिक्षा कार्यक्रममा अध्ययनरत किशोरीहरुको सहभागीता रहेको थियो ।