मेयर सन्तोष महेताको विशेष पहलमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट , २२ असोज । रौतहटको इस्नाथ नगरपालिकाद्वारा वडा नम्बर ९ को डुमरियामा आयोजित दुई दिने नि:शुल्क स्वास्थ्य शिविरको आज उद्घाटन भएको छ ।

नगरवासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले इस्नाथ नगरपालिकाले आयोजना गरेको शिविरको पहिलो दिन ५ सय जना भन्दा बढी विरामी लाभान्वित भएका छन् ।

नगरप्रमुख सन्तोष महेताको विशेष पहलमा डूमारिया हेल्थ पोस्टमा आयोजित शिविरमा वीरगञ्ज फ्रेन्ड्स राउण्ड टेबल ८ को प्राविधिक सहयोग रहेको थियो । शिविरमा वीरगञ्जबाट आएका विभिन्न रोगका विषेशज्ञहरुले विरामीहरुलाई परामर्श दिनुका साथै नि:शुल्क औषधीसमेत वितरण गरेका थिए ।

शिविरमा नारायणी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. सरोज रोशन दास, नारायणी वयोधा अस्पतालकी प्रसूति विभाग प्रमुख सविना रेग्मी, नारायणी आई सेन्टरका राजेश यादव, प्रभात चौरसियालागायातले विरामीहरुलाई परामर्श दिएका थिए । स्वास्थ्य शिविर शनिवार पनि जारी रहने छ ।

शनिबारको शिविरमा थप ३ विषयका विषेशज्ञ चिकित्सकहरु आउने भएका छन् । शनिवारको शिविरमा नारायणी अस्पतालका बाल रोग विशेषज्ञ डा. नवीन झा, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रीति यादव, नेत्र रोग विशेषज्ञ डा. वि. डी. चौरसिया आउने लागेका नगरपालिकाले जनाएको छ ।

शिविरमा भोलि आँखामा समस्या भएका रोगीहरुलाई नि:शुल्क चस्मा वितरण कार्यक्रम रहेको छ । स्वास्थ्य शिविरमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शेख इसराजुल, हेल्थ पोष्ट इन्चार्ज विजय यादव, स्वास्थ्यकर्मी अरुण महेता, धुर्व श्रीवास्तव, सुनिल साह, विवेक गुप्ता, प्रीति साह, समाजसेवी सुधाकर महेता, मनोज महेता लगायतले सहयोग गरेका थिए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!