रौतहटको कटहरिया नगरपालिकाले प्रशासनिक भवनको शिलान्यास

पछिल्लाे समाचार


रौतहट,कार्तिक ०३ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । नगरप्रमुख सियाराम कुशवाहाले एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको हो ।

सो नगरपालिकाको वडा नम्बर ५ स्थित प्रशासनिक भवनको बुधवार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । कटहरिया नगरपालिकाको प्रशासनिक भवन अनुमानित कुल लागत रु. ६ करोड ३६ लाखमा बन्ने नगर प्रमुख सियाराम कुशवाहाले जानकारी गराउनु भयो ।

शिलान्यास कार्यक्रमको अवसरमा कटहरिया वडा नम्बर ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता चन्दन कुशवाहा,वडा नम्बर ९ का अध्यक्ष रामज्ञा राय यादव, कार्यपालिका सदस्य रामप्रवेश साह सोनार ,कटहरिया नपा प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, नेपाल सोनार समाज सेवा समितिका जिल्ला अध्यक्ष कामेश्वर साह र स्थानीय भद्रभलादमी लगायतको उपस्थितमा शिलान्यास कार्यक्रम भब्य रूपमा सु–सम्पन्न भएको मेयर कुशवाहाका सहयोगी महेश यादवले जानकारी गारउनु भएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!