राैतहट,कार्तिक १२ गते
राैतहटके गाैरमे प्रहरी र जनमत पार्टीका कार्यकर्ता बिच झडप भएको खबर छ । झडपमा परि केही व्यक्तिहरू घाईते भएकाे जनमत पार्टीका एक नेताले बताए । सिके राउत नेतृत्वको जनमत पार्टीले पुर्वनिर्धारित कार्यक्रम अनुसार शुक्रवार रौतहट सदरमुकाम गौरमा प्रदर्शन गरि रहेका थिए । प्रदर्शनकाे क्रममा उनीहरू प्रदेश सरकार कुर्सी छोर, जनमत पार्टी जिन्दावाद, जनकारवाही जिन्दावाद, जनता राज जिन्दावाद, नेता राज मुर्दावाद, अत्याचारी सरकार मुर्दावाद, प्रदेश सरकार मुर्दावाद,भ्रष्टाचार इन्जिनियर राजिनामा दे, डा. सि. के राउत जिन्दावाद, हाम्रो माग पूरा गर, लाउड स्पिकर हर्न छाप जिन्दावाद नारा सहित मसाल जुलुस प्रदर्शन गरेका थिए ।
गौरको बिपी चौंकमा मसाल जुलुस प्रदर्शन गरेका थिए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहा माथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमत पार्टीले निर्धारित कार्यक्रम अनुसार सदरमुकाम गौरमा मसाल जुलुस प्रदर्शन गरि रहेका थिए ।
त्यसै क्रममा प्रहरीले जनमत पार्टि द्वारा अराजक गतिविधि गरेकाे भन्दै समान्य बल प्रयाेग गरेकाे प्रहरीले जनाएको छ ।