सप्तरी
नविन यादव
मांसिर- ४
सप्तरीको शम्भुनाथ नगरपालिका वाड न-७ मा आज शनिबार छिन्नमस्ता अस्पतालको सहयोगार्थक र जीवन विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालयको आयोजकमा एक दिने निःशुल्क मुख,अनुहार क्यान्सर तथा जनरल स्वास्थ्य शिविर सम्पन्न भएको छ।
त्यस्तै गरि निःशुल्क स्वास्थ्य शिविरको समन्वय तिर योगदान राष्ट्रयको लागि सप्तरी जिल्ला कमिटी को अध्यक्ष सिमा दास,कमिटि सदस्य राजकुमार पटेल, सचिव रूपैश दास लगाएतको उपस्थित रहेको थियो।
श्री बुद्धिलाल विद्या मुनर नमुना उ.मा .वि भगवतपुर बरहरीमा एक दिने निःशुल्क स्वास्थ्य शिविरमा बरिष्ट डा सुनिल कुमार सिह BDS oral and maxillofacial surgeo र मेडिकल ओफिसर डा. दिपेन्द्र यादव द्वारा ७१ ओटा विरामीहरूलाई निःशुल्क स्वास्थ्य प्रमार्श दिनु भएको छ। जस मध्ये महिला ४१ पुरूष ३० जनालाई मुख ,अनुहार,क्यान्सर तथा जनरल स्वास्थ्य परीक्षण दिनु भएको छिन्नमस्ता अस्पतालको अधिकृत संतोष यादवले बताउनु भएको छ।
सोही एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा कठौना प्रहरी चौकीको प्रशासन, जीवन विकास लघुवित्त वित्तीय संस्था लि .शाखा कार्यालयको कर्मचारी, योगदान राष्ट्रयको लागि संस्था सप्तरीको कर्मचारी, पत्रकार नवीन यादव, त्यस्तै गरि छिन्नमस्ता अस्पताल तर्फ बाट तिर्थ नारायण दास, सिमा दास, मनिषा यादव स्वास्थ्य क्रमीहरूमा प्रति प्रिया,ममता पैकरा, सिम्रिक पान्डे, आरति मंडल, अनिसा श्रेष्ठ लगायतको उपस्थितमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।