आरएन पटेल । मंसिर ११ गते
बौद्धिमाई नगरपालिका नेकपा माओवादी केन्द्र नगर समितिको आयोजकत्वमा बौद्धिमाईको सरमुजवामा नेकपा माओवादी केन्द्रको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ।
नेकपा माओवादी केन्द्र बौधिमाई नगर कमिटीको अध्यक्षमा जमील अख्तर देवान चयन भएका छन् । शनिबार बौधिमाई ८ स्थित ओम विवाह भवनमा सम्पन्न पार्टीको प्रथम नगर सम्मेलनले देवानलाई सर्वसम्मत नगर अध्यक्षमा चयन गरेको हो । त्यस्तै कमिटीको उपाध्यक्षमा जंगलाल बैठा,सुचिता देवी दास, कोषाध्यक्षमा ललिता देवी, सचिवमा बिरेन्द्र प्रसाद कुशवाहा र स-सचिवमा रामाकान्त प्रसाद पटेल लगायत ६५ सदस्यीय बौद्धिमाई नगर समिति चयन भएको नवनिर्वाचित नगर अध्यक्ष जमील अख्तर देवानले जानकारी दिए।
अध्यक्ष देवानले नगरको नेतृत्व पाएसँगै अब नेकपा माओवादी केन्द्रलाई नगरभरिनै संगठित गर्दै तीनै तहको निर्वाचनमा पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले माओवादी केन्द्रले समग्र नागरिकको विकासको लागि योजनावद्ध ढंगले अगाडि बढ़ने जनाउँदै नगरमा हुने विकासका काममा ढिलासुस्ती र भ्रष्टाचार विरुद्ध सशक्त आवाज उठाउने बताए।
कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रौतहट क्षेत्र नं-२ को पुर्व सांसद अशोक जयसवाल देशैभर नेकपा माओवादी प्रति जनलहर बढिरहेको अवस्थामा बौधिमाईमा पनि पार्टीलाई पहिलो नम्बर बनाउन सबै मिलेर अगाडि बढ्न सुझाव दिएका थिए।
उनले देश र जनताको विकास माओवादीले मात्र गर्न सक्ने जनाउँदै देश माओवादीको एजेन्डामा अघि बढिरहेको खुसी व्यक्त गरे ।
कार्यक्रमको अध्यक्ष हृदय नारायण दास, विशिष्ट अतिथि युवा नेता जयप्रकाश जयसवाल, राजपुर नगरपालिका वडा नं १ को वडा अध्यक्ष शेख अमिरुलाह, शेख मंजारुल तथा कार्यक्रम संचालन नेकपाका युवा नेता शिवनाथ प्रसाद कुशवाहाले गर्नु भएको थियो भने नपा भरिका सयौ नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।