पालिकामा राखिने केन्द्रमा गएर मतदाता नामावलीमा नाउँ समावेश गराउन अर्थमन्त्री साहको आग्रह

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट , मंसिर १५ गते।
प्रदेश २ का अर्थमन्त्री एवम् सरकारका प्रवक्ता शैलेन्द्रप्रसाद साहले आगामी निर्वाचनलाई दृष्टिगत गरी भइरहेको मतदाता नामावली संकलन विशेष अभियान अन्तर्गत पालिकामा राखिने केन्द्रमा गएर मतदाता नामावलीमा नाउँ लेखाउन आह्वान गरेका छन्

उनले लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधार नै बालिग मताधिकार भएकाले मतदान गर्ने अधिकारबाट कोही पनि वञ्चित हुन नपर्ने परिस्थिति सिर्जना गर्नका लागि योग्यता पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा नाउँ समावेश गराउन आग्रह गरेका हुन् ।

आगामी मंसिर १७ गतेबाट सुरु हुने मतदाता नामावली संकलन विशेष अभियानका क्रममा १६ वर्ष पुगेका र यसअघि मतदाता नामावलीमा छुटेका जुनसुकै उमेरका नागरिकलाई नाउँ दर्ता गराउन सहजीकरण गरिदिन समुदायका सबै क्षेत्र र पेसाकर्मीहरूलाई समेत मन्त्री साहले आग्रह गरेका छन् ।

निर्वाचन आयोगले २०७४ सालमा निर्वाचित स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुन लागेको र प्रचलित कानुनअनुसार निकट भविष्यमै स्थानीय तहको निर्वाचन गर्नैपर्ने भन्दै मतदाता नामावली संकलन विशेष अभियान सुरु गर्न थालेको हो ।

तराईका जिल्लामा मंसिर १७ गतेबाट सुरु भएर १५ दिनसम्म चल्ने यो अभियानअन्तर्गत छ सय ३७ वटा पालिकाका केन्द्रमा मतदाता नामावली संकलन गरिनेछ ।

निर्वाचन आयोगले यसअघि पनि देशका ७७ वटा निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयमा मतदाता नामावली संकलन कार्यलाई निरन्तरता दिंदै आएको छ । मंसिर १७ गतेबाट भने ती स्थानमा नपर्ने स्थानीय तहका केन्द्रमामतदाता नामावली संकलन विशेष कार्यक्रम अभियानका रूपमा सञ्चालन हुनेछ।

मन्त्री साहले मतदाता नामावली संकलन अभियानमा १६ वर्ष पूरा गरेका नेपाली नागरिकता गरेकाहरूको नामावली संकलन हुने र निर्वाचन आयोगले १८ वर्ष पूरा भएकालाई मतदाता नामावलीमा नाम समावेश गर्ने भन्दै मतदाता नामावलीमा नाम दर्ता गराउन हेलचेक्रयाइँ नगर्न आग्रह गरेका छन् ।

उनले भने, ‘लोकतन्त्र जनताको शासन हो जनताले दिने मतबाट नै निर्वाचित प्रतिनिधिले शासन सञ्चालन गर्ने भएकाले जनआकांक्षा प्रतिविम्बनका लागि पनि कोही योग्यता मताधिकारबाट वञ्चित पुगेका नागरिक हुनुहुँदैन ।’

मन्त्री साहले रोजगारी र अन्य कामका सिलसिलामा अन्य जिल्लामा भएकाहरूलाई पनि त्यस जिल्लाको निर्वाचन कार्यालयमा गएर मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!