सागर संगम ठाकुर । रौतहट मंसिर २९ गते
रौतहटको कटहरियामा अधारभुत अस्पताल भवनको शिलान्यास गरिएको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहले एक कार्यक्रमका बिच अधारभुत अस्पताल भवनको शिलान्यास गरिएको हो ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय र कटहरिया नगरपालिकाले आर्थिक सहयोगमा झन्डै २० करोड रुपैया लागतमा १५ बेडको अस्पताल भवन निर्माणको काम सुरु भएको छ ।
संघीय सरकारको १९.७५ करोड भयाट सहित लगानीमा भवन निर्माणको लागि कटहरिया नगरपालिकाले आव्हान गरेको टेण्डर घटा घट प्रक्रिया मार्फत दुई बर्षमा निर्माण कार्य संम्पन हुने गरी महालक्ष्मी धनन्जय,चौधरी जेविले ११ करोडमा साकार गरेको छ ।
वडा नं. ५ मा रहेको स्वास्थ्य चौकी कार्यलयको पछाडी पटी रहेको खाली जग्गामा प्रमुख अथिती समेत रहेका नगर प्रमुख कुश्वाहाले शिलान्यास गर्नु भयो ।
भवन निर्माण पछि कटहरिया नगरपालिकाका जनता बिरामीको उपचारको लागि बाहिर जानुपर्ने झन्झट बाट छुटकारा हुने अधिकृत साहले बिश्वास व्यक्त गरेका थिए ।
केपिशर्मा ओलि प्रधानमन्त्री रहेको समय गतबर्ष भर्चुअल विधि मार्फत देशको ७५३ वटै स्थानीयतहमा सुबिधा सम्पन्न १५ बेडको आधारभूत अस्पताल भवनको शिलान्यास गरेका थिए ।
ओलि सरकारकै योजना अनुरुप बिनियोजित बजेट बाट कटहरियामा पनि अस्पताल भवन निर्माण हुनलागेको मेयर सियाराम कुश्वाहाले जानकारी दिनु भयो ।
शिलान्यास कार्यक्रममा बिशिष्ट अथिती प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साह, अथितीहरुमा कटहरिया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजकुमार साह, वडा नं. ७ का हरिभजन साह, ८ का नवद राय यादव,
कार्यपालिका सदस्य रामप्रबेश साह सोनार, एमालेका नेता योगेन्द्र साह, बिनोध जयसवाल उप मेयरका श्रीमान समाजसेवी नसरुदीन अंसारी,
नगरपालिकाका कर्मचारी उमेश दास , स्वास्थ्य केन्द्र कटहरियाका प्रमुख शन्तोष यादव, पत्रकार स्थानिय भद्धभलादमी बुद्धीजीवी लगाएत उपस्थितीमा शिलान्यास कार्यक्रम संम्पन भएको हो ।