रौतहट माघ ०३ । रौतहट जिल्लाको सदरमुकाम गौरमा एक नक्कली मोबिल बनाउने कम्पनीमा प्रहरीले छापेमारी गरेका छन्। लगभग २ बर्ष देखि सदरमुकाम गौरको बरहवा पुल पारी गौर पिपरा सडक खण्डमा रहेको नक्कली मोबिल बनाउने कम्पनीमा जिल्ला प्रहरी कार्यालय रौतहटको बिशेश टोलीले छापेमारी गरेका छन्।
सो कम्पनीमा छापेमारी गर्दा ड्रम भरी नक्कली मोबिल,विभिन्न कम्पनीको स्टिकर, खाली मोबिलको डब्बा,शिल बिर्को तथा विभिन्न कम्पनीको पैक गरिएको नक्कली मोबिल ठुलो मात्रामा पक्राउ गरेका छन्। सो नक्कली मोबिल बनाउने तथा बजारहरुमा बिक्रीबितरण गर्ने राजदेवी नगरपालिका वडा नंबर ९ ब्रहम्पुरीका बिरेन्द्र कुमार सिंहका २८ बर्षीय छोरा राना रौसन कुमार सिंह र बालेश्वर सिंहका ४२ बर्षीय छोरा हरेन्द्र सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बिनोद घिमिरेले जनाएको हो।
पक्राउ परेका सिंहले करिब २ बर्ष देखि नक्कली मोबिल बनाउने कार्य गरि रहेको र रौतहट सहित अन्य जिल्लाहरुमा पनि नक्कली मोबिलको बिक्रीवितरण गरेको संका उपसंका उत्पन्न भएको प्रहरीले जनाएको हो। गौरको अधिकाशं मोटरसाइकल पसलहरुमा बजाज,हिरो र सर्वो सहित अन्य कम्पनीको नक्कली मोबिल फालमफाल भएको प्रहरीले जनाएको हो। सिंहले गौरको बिपी चौक एचए क्याम्पसको छेउमा हेलमेट हाउस लेखेको मोटरसाइकलको स्पेयर्स पार्टको पसलको आडमा यस्तो नक्कली मोबिल बनाउने कार्य गर्दै आईरहेको थियो।
गौरको अधिकाशं मोटरसाइकल मर्मत पसलेले मोटरसाइकल सर्विसिङ्ग गर्दा यही कम्पनीको नक्कली मोबिल प्रयोग गरि उपभोक्तालाई ठग्दै आई रहेको थियो। सिंहको दुईटै गोदाम र नक्कली मोबिल बनाउने कम्पनीमा छापेमारी गरि लगभग ५ पिकप मोबिल प्रहरीले पक्राउ गरेता पनि अहिले सो नक्कली मोबिल पक्राउ परेको ३-४ गुणा बढी मोबिल बजारमा विभिन्न पसलहरुमा अहिले पनि फालमफाल रहेको हो।
पक्राउ परेको सिंहको अर्को पसल भारत बिहार राज्यको सितामढी जिल्लाको बैरगनिया कस्टम नजिक रहेको हो।
बरामद सर-सामानहरु
१. मोबिल भरिएको ३,००० बट्टाहरु
२. खुल्ला मोबिल भरि राखेको २०० लिटरको टिनको ड्रम-२ वटा
३. मोबिल राख्ने गरेको टिनको खाली ड्रम ९ वटा